बर्दियाका‘मधेशी र थारुले सुरक्षाको माग गर्दा उल्टै गोली खानुपर्ने स्थिति’ तमलोपा

कमल साह
जनकपुरधाम, २५ जेठ । तराई मधेश लोकतान्त्रिक पार्टीले बर्दियामा गोली प्रहार गरी किशोरी नविना थारुको हत्या गरेको भन्दै सुरक्षाकर्मीमाथि कारबाहीको माग गरेको छ ।
तमलोपाले मंगलबार विज्ञप्ति जारी गरी बर्दियाको मधुवन नगरापलिका–२ ओराली बजारमा हिंस्रक वन्यजन्तुबाट सुरक्षालागि भएको प्रदर्शनका क्रममा प्रहरीले नविना थारुको हत्या गरेको ठहर गर्दै यस्तो माग गरेको हो ।
तमलोपाले मधेशी र थारु जनताले सुरक्षाको माग गर्दा उल्टै गोली खाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुन नसकेको कुरा यो घटनाबाट पुनः प्रमाणित भएको पनि बताएको छ ।
पार्टीका अध्यक्ष विषेशचन्द्र लालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार र प्रहरीको मानसिकता पुनः एकपटक जनसमक्ष आएको छ । मधेशी र थारु जनतालाई सुरक्षा जस्तो अनिवार्य र न्यायोचित अधिकारको सुनिश्चितताको माग गर्दैसम्म अधिकार नभएको र यसो गर्दा सीधै गोली खाने स्थिति रहेको यस घटनाबाट पुनः प्रमाणित भएको छ ।’
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
1 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
1 महीना पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
2 महीना पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
2 महीना पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
2 महीना पहिले
संवाददाता
संवाददाता

