+977 9854027065 | akulpdsah@gmail.com

डिआइजी गौतमको कडा निर्देशन, २८ लाख बराबरको मालसमान बरामद

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1410 Views

रंजित चौरसिया, पर्सा,
पर्सा, माघ ४ गते । सशस्त्र प्रहरी बल नेपालबाट खटिने गरेको टेक्टीकल स्कवाड टिमद्वारा एक हप्ता नबितिदै करिब २८ लाख बराबरको अवैध मालसमान बरामद गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको टेक्टीकल स्कवाड टिमका प्रमुख सशसत्र प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमाण्डमा खटिएको टोलीले एक हप्ता नबितिदै २८ लाख बराबरको अवैध मालसमान बरामद गर्न सफल भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी चन्द्रप्रकाश गौतमको ठाडो निर्देशनमा खटिएको टेक्टीकल स्कवाड टिमले पर्साको बिभिन्न नाका हुदै अवैध तरिकाले आयात निर्यात हुने मालसमानहरु बरामद गरेको जनाइएको छ । केही प्रहरीहरुको सहयोगमा सीमा नाका हुदै तस्करी हुने गरेको गुनासाहरु बढनसाथ टेक्टीकल स्कवाड टिम नामक टोली गठन गरिएको र उक्त टोली एक हप्ता नबितिदै २८ लाख बराबरको मालसमान पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी उपरीक्षक खडकाका अनुसार सशस्त्र प्रहरी बल नेपालको नीति निर्देशन अनुसार जिल्लाको सीमा नाकाको साथ साथै भित्रि भेगहरुमा समेत निगरानी बढाइएको बताउनु भयो । उहाले सीमा नाकामा खटिएको बिओपीपति लगायत गणबाट खटिएको टेक्टीकल स्कवाड टिमले कुनै किसिमको गलत क्रियाकलापका साथै तस्कर संग साटघाट गरेको फेला पर्यो भने कारवाहीको भागिदार हुने बताउनु भयो ।
टेक्टीकल स्कवाड टिमका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीले आफु खटिएको एक हप्तामा २८ लाख बराबरको अवैध मालसमान भन्सार दाखिला गरेको बताउनु भयो । उहाले आफ्नो इमान्दारीता पूर्वक कार्य गरेको शिलशिलामा बिभिन्न किसिमको आरोप प्रत्यारोप लागेपनि आफु कसै संग साटघाट नराखी आफ्नो संगठनको नीति निर्देशन अनुसार काम गरिरहेको बताउनु भयो । नेपाल र भारतको सीमा नाका हुदै हुने अवैध क्रियाकलाप जस्तै तस्करी, अपराध लगायतको कार्यमा बिशेष प्राथमिक्ता दिदै काम गरिरहेको बताउनु भयो । सशस्त्र प्रहरी संगठनले दिएको जिम्मेवारी प्रति आफु इमान्दारीता पूर्वक काम गरिरहेको बताउदै अगाडी बढेको सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीले बताउनु भयो ।
यता सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी चन्द्रप्रकाश गौतमले आफ्नो क्षेत्रमा कुनै किसिमको तस्करीका साथ साथै अपराधी क्रियाकलाप हुन नदिन सोचका साथ टोली परिचालन गरेको बताउनु भयो । उहाले आफ्नो संगठनको नीति निर्देशन अनुसार कुनै किसिमको घुमुवा परिचालन नगरेपनि टेक्टीकल स्कवाड टिम परिचालन गरेको बताउनु भयो । टेक्टीकल स्कवाड टिमका साथै दसगजा क्षेत्रमा खटिएका प्रहरीले आफ्नो काम कर्तव्यको पालना नगरेको पाइए कारवाही गरिने, उनले बताए । बिगतका दिनमा खटिएका घुमुवा प्रहरीहरुलाई अहिलेपनि कारवाही गरिरहेको र केही प्रहरीलाई कारवाहीको लागी बाहिनी तानिएको बताउनु भयो । डिआईजी चन्द्रप्रकाश गौतमले प्रदेश नम्बर २ को मातहातमा रहेको ८ वटै जिल्लामा सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा टेक्टीकल स्कवाड टिम परिचालन गरिएको बताउनु भयो । टेक्टीकल स्कवाड टिमले सीमा नाकामा सुरक्षा संग सम्बन्धीत कुराहरु चोरी तस्करी नियन्त्रण, सीमा अतिक्रमणका साथै सीमामा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुको अनुशासन र आचरण सम्बन्धी कुराहरुलाई रेखदेख गर्ने गरेको डिआईजी चन्द्र प्रकाश गौतमले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

4 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

24 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले