+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधामको छाडा चौपाया नियन्त्रणगर्न एक करोडमा गौशाला निर्माणगरिदै

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

925 Views

कमल साह
जनकपुरधाम,साउन २६ गते । जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि गौशाला (कांजी हाउस) निर्माण आरम्भ भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नंं– १२ कुवा स्थित गुठी संस्थान अन्तर्गत रहेको राजदेवी मंदिरको २ विगहा मध्ये १ विघा जमिन उपमहानगरपालिकाले लिजमा लिई निर्माण कार्य अगाडी बढाएको छ ।
रामसागर रामस्वरुप बहुमुखि क्याम्पसको दक्षिणपट्टी गुठी संस्थान अधिनमा रहेको राजदेवी मन्दिर भन्दा उत्तरको १ विगहा जनकपुर धाम उपमहानगर लिजमा लिई शिलान्यास कार्य आज सम्पन्न गरेको छ । नगरप्रमुख मनोज कुमार साह, उपप्रमुख किशोरी साह तथा वडाध्यक्षहरूले संयुक्त रुपमा गौशालाको शिलान्यास गर्नुभयो ।
सो गौशालाको लागि हाल १ करोड रकम विनियोजन गरिएको नगर प्रमुख साहले बताउनु भयो । सो रकमबाट काँजी हाउस निर्माण स्थलमा पर्खाल लगाउने, छाडा चौपाया राख्नको लागि घर, त्यसको लागि चाहिने भूस तथा पराल राख्ने घर र गौशालाको रेखदेख गर्ने कर्मचारी बस्ने घरको निर्माण गरिने नगरप्रमुख साहले बताउनु भयो ।
नगर प्रमुख साह ले कुपेश्वर युवा क्लबका अध्यक्ष दिलिप मण्डललाई देखाउँदै यो जग्गा उपलब्ध गराउनमा सहयोेग गर्ने यो व्यक्ति रहेको भन्नुभयो ।
उपमहानगरले छाडा गाई नियन्त्रणको लागि गौशाला निर्माण गरिरहेको समाचार सुनेर आजैबाट चौपाया छाडने कार्यमा नियन्त्रण आएको देखिन्छ । र गौशाला निर्माण भएपछि नगरक्षेत्रमा जथाभाबी चौपाया छाडने कार्यमा नियन्त्रण हुने भएकोले ट्राफिक व्यवस्थापनमा ठूलो मद्दत पुग्ने विश्वास नगरप्रमुख मनोज कुमार साह को रहेछ ।
सो शिलान्यास कार्यक्रममा उपप्रमुख किशोरी साहले गौशालाको निर्माण सँगै प्राचीन राजदेवी मन्दिरको पनि सौन्दर्यीकरणका लागि उपमहानगरपालिकाले काम गर्ने बताउनु भयो ।
गौशालामा रहेको छाडा चौपायाबाट उत्पन्न गोवर तथा मूत्रबाट जैविक मल बानउने र त्यो मल न्यूनतम मुल्यमा किसानलाई उपलब्ध गराउने सोच उपमहानगरपालिका रहेको छ ।
नगरक्षेत्रका कतिपय गाई धनीहरूले दूध दुहेर गाईलाई त्यसै छाडने एवं दुध नदिने चौपायालाई जथाभाबी छाड्ने गरेको ले उपमहानगरको सडक समस्या आउने गरेको हुन्छ । साथै नगरक्षेत्रमा छोडिएको चौपायाले सडकमा मल मूत्र त्यागले कुरुपता उत्पन्न हुँदै आएको हुन्छ । छाडा चौपायाका कारण सवारी दुर्घटना समेत कहिल्ये कांही हुनेगरेको हुन्छ ।
गौशालाको निर्माणपछि छाडा गाई गोरु उपमहानगराले नियन्त्रणमा लिएर सो गौशालामा राख्ने छ । र गाई लिन जाने धनीसंग पाँच हजार जरिवाना लिने योजना रहेको छ ।
देव भूमि जनकपुरधाममा यो भन्दा अघि छाडा चौपाया नियन्त्रण गर्ने अभियान चलाएको थियो । नगरमा समातिएको गाई गोरु तिरहुतिया गाछीको छाडने गरिन्थ्यो । खुल्ला आकाश मुनि छोडिएको गाईलाई घाम पानीबाट जोग्न व्यवस्था नगरिएको ले विरोध भएको थियो । छाडा चौपाया नियन्त्रण कार्य बन्द भएको थियो ।
तर, झण्डै ३ महिन पूर्व निर्वाचित नगर प्रमुख मनोज कुमार साह ले छाडा गाईलाई नियन्त्रण गर्नको लागि काँजी हाउस निर्माण गर्ने कार्य अगाडी बढाउनु भएको लाई सबैले सह्राना गर्नुहुन्छ ।
धार्मिक शास्त्रहरुको अनुसार गाई गोरुको सेवा निक्कै फलदायक मानेकाले नगरपालिकाले चालु आर्थिक वर्षका लागि गौशाला निर्माण गर्नका लागि १ करोड रकम विनियोजन गरेको उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर विरेन्द्र कुमार यादवले बताउनु भयो ।
उहाँले पछि पर्ने आवश्यकताको लागि फेरी पछि सोच्ने कार्य हुने भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

19 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

22 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले