नेता विमलेन्द्र निधी ले किन समानुपातिक रोजे
कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र २९ गते । नेपाली कांग्रेसका केन्द्रिय उपाध्यक्ष रहिसक्नु भएका नेता विमलेन्द्र निधिले मंसिर ४ गते हुने प्रतिनिधी सभाको प्रत्यक्ष निर्वाचनबाट पछाडी हट्नु भएको छ । उनि समानुपातिक सुचिमा आफ्नो नाम सुचिकृत गराएका छन् ।
२०७४ मा भएको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महत्तोसँग ३ हजार २२ बढी मत पराजित हुनुभएको थियो निधी । महत्तो पुनः यसै क्षेत्रबाट चुनाव लडने भएको ले निधी आफु पछाडी हट्नु भएको त होईन भनि आशंका गरिन्छ ।
धनुषा क्षेत्र नं. ३ बाट क्षेत्रीय समितिले निधिको नाम प्रतिनिधिसभाको समानुपातिक सुचिमा सिफारिससमेत गरिसकेको छ ।
नेपाली काँग्रेस ले धनुषा क्षेत्र नं.३ बाट चार्टर एकाउन्टेण्ड परमेश्वर महासेठको नाम सिफारिश गरिसकेको छ । महासेठको एक मात्र नाम क्षेत्र नं. ३ बाट सिफारिश हुँदा समाजिक संजालबाट कार्यकर्ताहरुले बेसरी बिरोध जनाएको देखिन्छ ।
तर, नेपाली काग्रेस ले महासेठको नाम सिफारिश गर्नुपर्ने बाध्यता बन्न गएको छ । नेता निधीले सर्वप्रथम प्रदेश सांसद रामसरोज यादवलाई प्रतिनिधिसभा सदस्यको अभिभारा उठाउन भनेको थिए । तर, यादवले प्रदेश सभा मै रहने बताए ।
त्यसपछि निधीले स्मृती नारायण चौधरीलाई भने । चौधरीले पनि समानुपातिक तर्फबाट इच्छा व्यक्त गर्नुभयो ।
निधी किन पछि हटे
निधीको सहस्त्र हातहरु मध्ये प्रमुख मनिदै आएका रामसरोज यादव र जिवनाथ चौधरी अचेल बिमुख भएका छन । उनिहरु स्थानीय निर्वाचनबाट देउवा लगिमा गईसकेका छन । उनिहरुले चुनावमा सघाउन सट्टा विगार्न तर्फ लाग्ने आशंका गर्न थालेका थिए ।
यसले गर्दा ने.कां. नेता निधी राजेन्द्र महत्तोलाई टक्कर दिनमा आफु हल्को महसुश गर्दै समानुपाति तर्फ लाग्नुभयो । र चार्टर एकाउन्टण्डे प्रमेश्वर महासेठलाई आफ्नो क्षेत्रमा ल्याउनु भएको छ ।
धनुषा क्षेत्र नं. ३ मा पुनः राजेन्द्र महत्तो आएपछि एमाले ले महत्तो लाई सघाउने अनुमान गरिन्छ । साथै एमाले का जुलि महत्तो लाई प्रदेश सभा क्षेत्र ३ को ख बाट उम्मेदवारी दिलाउन सक्ने अनुमान भईरहेछ ।
मधेश सरकारका मन्त्री रामसरोज यादबको नाम सिफारिस धनुषा क्षेत्र नं. ३(१) बाट भएको छ ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
11 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
22 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
