बहुजन एकता पार्टी नेपालले युद्धस्तरमा कार्यक्रमहरुको आयोजना गर्दै
सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र ३० गते । बहुजन एकता पार्टी नेपालले आज हजरियामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी बहुजन एकता पार्टी नेपालले बरहथवा(३ हजरियामा प्रशिक्षण कार्यक्रम आयोजन गरेको हो ।
कार्यक्रमलाई संबोधन गर्नुहुँदै प्रमुख अतिथी समेत रहनु भएका प्रभारी राजाराम पसवानले दलित बहुजन समाज अझ पनि बिकास एवं सम्मानित जीवन बाट धेरै टाढा राखिएको र दलितको दुश्मनको रुपमा जात व्यवस्था तथा सामन्तवादी व्यवस्था रहेको हुँदा दुबै कुव्यवस्थाको विनास गर्नुपर्ने बताउनुभयो । ब्राह्मणवादी सोच र व्यवहारलाई सवर्णहरुको नेतृत्वको पार्टीले पालन पोषण गरिरहेकोले बहुजन समाजले सवर्ण नेतृत्वको पार्टीको पछि लाग्ने काम बन्द गरि बहुजन एकता पार्टी नेपालमा आवद्ध हुनु पर्ने बिचार ब्यक्त गर्नुभयो ।
वहाँले डा.अंबेडकर, बुद्धा, गुरु रविदास, गुरु कविर एवं समस्त बहुजन महापुरुषहरुको बिचारमा अधारित समतामूलक समाज निर्माणमा योगदान गर्न सबैलाई अपिल गर्दै भारतमा मान्यवर कांसी रामले दलितलाई राजनीतिको प्रमुख अंग बनाएर शासनमा हिस्सेदार बनाए जस्तो नेपालमा पनि बहुजन समाजलाई हुकुमरान बनाउन बहुजन एकता पार्टी नेपालले कठोर संघर्ष गरिरहेकोले यस मिसनमा सबैले अनिवार्य सहयोग गर्नुपर्ने आव्हान समेत नेता पासवानले गर्नुभयो ।
पार्टीका स्थानीय कमिटी अध्यक्ष राम भजन रामको अध्यक्षतामा संपन्न भएको कार्यक्रममा नेता अरविन्द बैठा, बिकाउ पासवान लगाएतले प्रशिक्षण दिनुभएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर बहुजन एकता पार्टी नेपालले युद्धस्तरमा कार्यक्रमहरु आयोजना गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
6 दिन पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
8 दिन पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
4 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
4 महीना पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
5 महीना पहिले
संवाददाता
