+977 9854027065 | akulpdsah@gmail.com

बहुजन एकता पार्टी नेपालले युद्धस्तरमा कार्यक्रमहरुको आयोजना गर्दै

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

894 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र ३० गते । बहुजन एकता पार्टी नेपालले आज हजरियामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी बहुजन एकता पार्टी नेपालले बरहथवा(३ हजरियामा प्रशिक्षण कार्यक्रम आयोजन गरेको हो ।
कार्यक्रमलाई संबोधन गर्नुहुँदै प्रमुख अतिथी समेत रहनु भएका प्रभारी राजाराम पसवानले दलित बहुजन समाज अझ पनि बिकास एवं सम्मानित जीवन बाट धेरै टाढा राखिएको र दलितको दुश्मनको रुपमा जात व्यवस्था तथा सामन्तवादी व्यवस्था रहेको हुँदा दुबै कुव्यवस्थाको विनास गर्नुपर्ने बताउनुभयो । ब्राह्मणवादी सोच र व्यवहारलाई सवर्णहरुको नेतृत्वको पार्टीले पालन पोषण गरिरहेकोले बहुजन समाजले सवर्ण नेतृत्वको पार्टीको पछि लाग्ने काम बन्द गरि बहुजन एकता पार्टी नेपालमा आवद्ध हुनु पर्ने बिचार ब्यक्त गर्नुभयो ।
वहाँले डा.अंबेडकर, बुद्धा, गुरु रविदास, गुरु कविर एवं समस्त बहुजन महापुरुषहरुको बिचारमा अधारित समतामूलक समाज निर्माणमा योगदान गर्न सबैलाई अपिल गर्दै भारतमा मान्यवर कांसी रामले दलितलाई राजनीतिको प्रमुख अंग बनाएर शासनमा हिस्सेदार बनाए जस्तो नेपालमा पनि बहुजन समाजलाई हुकुमरान बनाउन बहुजन एकता पार्टी नेपालले कठोर संघर्ष गरिरहेकोले यस मिसनमा सबैले अनिवार्य सहयोग गर्नुपर्ने आव्हान समेत नेता पासवानले गर्नुभयो ।
पार्टीका स्थानीय कमिटी अध्यक्ष राम भजन रामको अध्यक्षतामा संपन्न भएको कार्यक्रममा नेता अरविन्द बैठा, बिकाउ पासवान लगाएतले प्रशिक्षण दिनुभएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर बहुजन एकता पार्टी नेपालले युद्धस्तरमा कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

2 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

22 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले