+977 9854027065 | akulpdsah@gmail.com

रोनिश कार्की स्मृति प्रतिष्ठानद्वारा हष्विनमा छात्रवृति प्रदान

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

862 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, आसिन ७ गते । स्वर्गिय रोनिश कार्की स्मृति प्रतिष्ठानले हरिवनका ४ जना छात्राहरुलाई छात्रवृति प्रदान गरेको छ ।
स्वर्गिय रोनिश कार्की स्मृति प्रतिष्ठानले हरिवन ८ मा रहेको महादेव जनता नमूना माविको कक्षा ११ र १२ मा अध्ययनरत ४ जना छात्राहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी छात्रवृति प्रदान गरेको हो ।
छात्रवृति पाउनेमा कक्षा ११ तर्फ झरना खपाङ्गी र अनिषा मगर र कक्षा १२ तर्फ आकृति कुशवार माझी र कविता वैठा हरेकी छन् । प्रतिष्ठानले उनीहरुलाई वर्षभरीको लाग्ने शुल्क तिरी दिनुका साथै छात्रवृति स्वरुप विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको हो । प्रतिष्ठानले हरेक वर्ष सो विद्यालयका गरीब, दलित तथा जेहेन्दार छात्राहरुलाई प्रोत्साहन स्वरुप छात्रवृति प्रदान गर्दै आईरहेको छ ।
प्रतिष्ठानका अध्यक्ष विनोद कुमार कार्कीको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर रमेश कुमार बुढाथोकी(कमल)को प्रमुख आतिथ्यतामा छात्रवृति वितरण गरिएको छात्रवृति वितरण कार्यक्रमका सञ्चालक तथा महादेव जनता नमूना माविका शिक्षक गिरीराज रानाले जानकारी दिनुभयो ।


छात्रवृति कार्यक्रममा हरिवन नगरपालिका ८ का वडाअध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रज्वल ढुंगाना, पूर्व अध्यक्ष यज्ञविनोद ढुंगेल, समाजसेवी सुरेन्द्र लामा, चुडामणि वाग्ले, भरतकुमार कार्की, ईन्द्र पाठक, बुक कुमारी थापा, राजकुमार उप्रेती, सिताराम पोखरेल,आरती लामा,सुर्दशन पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
स्वर्गिय कार्की सोही विद्यालयका शिक्षक समेत रहनुभएका राजन कार्कीको सूपुत्र हुनुहुन्थ्यो । उहाँको २०७५ साल असार १७ गते सडक दुर्घटनामा परी ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

18 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

28 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले