शैलेश–जननी फाउण्डेसनद्वारा हरिवनका चारजाना छात्रालाई छात्रवृत्ति प्रदान्
सन्जु कर्ण, सर्लाही,
सर्लाही, असोज ९ गते । शैलेश–जननी फाउण्डेसनले सर्लाहीको हरिवन ८ मा रहेको महादेव जनता नमूना माध्यमिक विद्यालयका चार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।

mाउण्डेसनले कक्षा ११ र १२ मा अध्ययनरत दुई÷दुई जना गरी चार जना छात्रालाई विद्यालयमा बुझाउनुपर्ने सम्पूर्ण शुल्क बुझाइ पूर्ण छात्रवृत्ति प्रदान गरेको हो । विद्यालयको कक्षा ११ मा अध्ययनरत अम्बिका कुमारी खत्री र निका मल्ल आले तथा कक्षा १२ मा अध्ययनरत ज्योति विक र मन्दिरा थापालाई विपन्न अनि जेहेन्दारको हिसाबले छात्रवृत्ति प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।
.jpg)
विद्यालयका प्रधानाध्यापक जयशङ्कर सिंहको अध्यक्षता तथा हरिवन नगरपालिका ८ का वडाध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रज्वल ढुङ्गानाको प्रमुख आतिथ्यतामा छात्रवृत्ति प्रदान गरिएको फाउण्डेसनका सहयोगी युवराज भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा भरतकुमार कार्की, धनराज बुढाथोकी, सुकदेव कार्की, नारायण कार्की, विप्लव कार्की लगायतको उपस्थिती रहेको थियो ।
यसै वर्षदेखि छात्रवृत्ति प्रदान गर्न थालेको फाउण्डेसनले कक्षा ११ की अम्बिका र निकाको कक्षा ११ तथा १२ दुवै कक्षाको शुल्क र कक्षा १२ मा अध्ययनरत ज्योति र मन्दिरको कक्षा १२ मा लाग्ने सम्पूर्ण खर्च आज (आइतबार) एक कार्यक्रमका बीच विद्यालयलाई प्रदान गरेको हा । हरिवन नगरपालिका–११ घरभइ हाल अमेरिकामा बस्ने समाजसेवी शैलेश मैनालीले विपन्न समुदायको छात्रालाई अध्ययनमा टेवा पुगोस् भन्ने उद्देश्यले शैलेश(जननी फाउण्डेसन स्थापना गरी अब बर्सेनि यसैगरी चार जना छात्रालाई छात्रावृत्ति प्रदान गर्ने भएका छन् ।

कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
19 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
22 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
