+977 9854027065 | akulpdsah@gmail.com

नेपाल पत्रकार महासंघ परिवर्तनको पथमा लम्किदैछन ः अध्यक्ष अचार्य

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1435 Views

धनवीर कुशवाहा, गौशाला
गौशाला, माघ ९ गते । पत्रकार महासंघको छाता संगठन नेपाल पत्रकार महासंघ परिवर्तनको पथमा लम्किरहेको महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले बताउनुभएको छ । शुक्रवार महोत्तरीको वर्दिवासमा पत्रकार भेटघाट कार्यक्रमकाबीच अध्यक्ष अचार्यले नेपाल पत्रकार महासंघले विधान संशोधन गर्दै २० बर्ष अघिको सपना सकार पारेको जानकारी दिनुभयो ।
यसका साथै महासंघले पत्रकारहरुको हकहितका लागि तत्पर रहदै परिवर्तनतर्फ लम्किरहेको बताउनुभयो । केन्द्रिय अध्यक्ष अचार्यले आफुहरुले आफनो कार्यकालमा प्रत्यक्ष कार्यकारिणी समिती चयनको अधिकार, समावेशीकरण एवम समानुपातिक प्रतिनिधीत्वको अधिकार, समानुपातिक विज्ञापन प्रणाली लगायतका मुदा स्थापित गर्न सफल भएको दावी गर्नुभयो । कोरोना ग्रसितको समयमा पत्रकार महासंघले श्रमजिवी पत्रकारको हकहितलाई ध्यानमा राख्दै सरकारसँग माग सम्बोधन गर्नका लागि दवाव सिर्जना दिई माग पुरा गराउन सफल भएको अचार्यले जिकिर गर्नुभयो ।
सोहीवीच केन्द्रिय उपाध्यक्ष विपुल पोखरेलले कोरोनाको समयमा ४५० जना पत्रकारहरुको विभिन्न समस्याहरु समाधान गर्न सफल रहेको धारणा राख्नुभयो । केन्द्रिय कार्यालयमा परेको ५ सय निवेदनमध्ये सो संख्याका पत्रकारहरुको समस्या समाधान गरेको केन्द्रिय उपाध्यक्ष पोखरेलले दावी गर्नुभयो ।
सोही विच महोत्तरीका पत्रकारहरुले कोभिड १९ का कारण प्रत्यक्ष रुपमा प्रभावित रहेको समयमा साना लगानीका मिडियालाई केन्द्रित गर्दै प्याकेज ल्याउनका लागि माग गरेका थिए । स्थानिय पत्रकारहरुले स्थानिय मुदा लगायत केन्द्रिय तहका मिडियाहरुले पारिश्रमीक नदिई श्रमजिवी पत्रकारमाथि प्रत्यक्ष रुपमा अन्याय गर्दै आएको धारणा राखेका थिए ।
केन्द्रिय पदाधिकारीहरुले स्थानियस्तरका पत्रकारहरुबाट आएका समस्या र सुझावका अधारमा पत्रकार महासंघ केन्द्रिय समितीले पहलकदमी लिई समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

24 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले