नेपाल पत्रकार महासंघ परिवर्तनको पथमा लम्किदैछन ः अध्यक्ष अचार्य
धनवीर कुशवाहा, गौशाला
गौशाला, माघ ९ गते । पत्रकार महासंघको छाता संगठन नेपाल पत्रकार महासंघ परिवर्तनको पथमा लम्किरहेको महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले बताउनुभएको छ । शुक्रवार महोत्तरीको वर्दिवासमा पत्रकार भेटघाट कार्यक्रमकाबीच अध्यक्ष अचार्यले नेपाल पत्रकार महासंघले विधान संशोधन गर्दै २० बर्ष अघिको सपना सकार पारेको जानकारी दिनुभयो ।
यसका साथै महासंघले पत्रकारहरुको हकहितका लागि तत्पर रहदै परिवर्तनतर्फ लम्किरहेको बताउनुभयो । केन्द्रिय अध्यक्ष अचार्यले आफुहरुले आफनो कार्यकालमा प्रत्यक्ष कार्यकारिणी समिती चयनको अधिकार, समावेशीकरण एवम समानुपातिक प्रतिनिधीत्वको अधिकार, समानुपातिक विज्ञापन प्रणाली लगायतका मुदा स्थापित गर्न सफल भएको दावी गर्नुभयो । कोरोना ग्रसितको समयमा पत्रकार महासंघले श्रमजिवी पत्रकारको हकहितलाई ध्यानमा राख्दै सरकारसँग माग सम्बोधन गर्नका लागि दवाव सिर्जना दिई माग पुरा गराउन सफल भएको अचार्यले जिकिर गर्नुभयो ।
सोहीवीच केन्द्रिय उपाध्यक्ष विपुल पोखरेलले कोरोनाको समयमा ४५० जना पत्रकारहरुको विभिन्न समस्याहरु समाधान गर्न सफल रहेको धारणा राख्नुभयो । केन्द्रिय कार्यालयमा परेको ५ सय निवेदनमध्ये सो संख्याका पत्रकारहरुको समस्या समाधान गरेको केन्द्रिय उपाध्यक्ष पोखरेलले दावी गर्नुभयो ।
सोही विच महोत्तरीका पत्रकारहरुले कोभिड १९ का कारण प्रत्यक्ष रुपमा प्रभावित रहेको समयमा साना लगानीका मिडियालाई केन्द्रित गर्दै प्याकेज ल्याउनका लागि माग गरेका थिए । स्थानिय पत्रकारहरुले स्थानिय मुदा लगायत केन्द्रिय तहका मिडियाहरुले पारिश्रमीक नदिई श्रमजिवी पत्रकारमाथि प्रत्यक्ष रुपमा अन्याय गर्दै आएको धारणा राखेका थिए ।
केन्द्रिय पदाधिकारीहरुले स्थानियस्तरका पत्रकारहरुबाट आएका समस्या र सुझावका अधारमा पत्रकार महासंघ केन्द्रिय समितीले पहलकदमी लिई समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
21 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
