हरिवन युवा क्लबद्धारा सम्मान तथा मैत्रिपुर्ण खेल सम्पन्न
सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ १० गते । हरिवन युवा क्लबद्धारा आज (शनिबार) खेलकुद लगायत बिभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । हरिवनको ऐतिहासिक पुरानो क्लब हरिवन युवा क्लबले आज क्लबका पुराना अध्यक्ष लगायत आजिवन सदस्यहरुलाई सम्मान तथा राष्ट्रिय खेलाडीहरु विच मैत्रिपुर्ण खेल सम्पन्न गरिएको हो ।
क्लबका अध्यक्ष सुमन सिन्दालीको अध्यक्षता एवंम नगर उप प्रमुख रेणुका पौडेलको प्रमुख आतिथ्तामा हरिवन वडा नम्बर ११ स्थित सनराइज वोर्डिङ स्कुलको प्राङ्गणमा कार्यक्रम भएको हो ।
राष्ट्रिय टिमका खेलाडीहरु जुमानु राई, भोला सिलवाल, सुमन सुवेदी लगायतका टिम उप प्रमुख रेणुका पौडेलको कप्तानी र हरिवन युवा क्लबका कोच सुमन सिन्दालीको कप्तानीमा प्रतिष्पर्धा भएको थियो ।
जसमा राष्ट्रिय टिमले हरिवन युवा क्लबलाई ४ का विरुद्ध ५ गोल गदै मैत्रिपुर्ण खेल सम्पन्न गरेको हो । यस्तै क्लबका ५२ जना आजिवन सदस्यहरुलाई सम्मान पत्र र खादा ओढाइ सम्मान गरेको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
21 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
