पदलोलुप्तामा लागेको दललाई जनताले मत दिदैनन् ः परमेश्वर साह
कमल साह
जनकपुरधाम, कार्तिक ४ । सत्ता गठबन्धनका धनुषा ३(ख)बाट प्रदेशसभामा उम्मेदवारी दिनुभएको लोसपाका परमेश्वर साहले वर्तमान प्रदेश सरकार विकासको नाममा भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन् ।
उहाँले पछिल्लो ५ वर्षमा यो सरकारले भ्रष्टाचार र कार्यकर्ता भर्ती बाहेक अरु केही गर्न नसकेको आरोप लगाउनु हुन्छ ।
प्रदेश सरकारको नेतृत्व गरिरहेको दल जसपा पदलोलुप्ताका कारण मधेश बिरोधी र नागरिकता विधेयक बिरोधी एमालेसंग गठबन्धन गरेको उहांको भनाई हो ।
‘यो गठबन्धन हैन, ठगबन्धन हो, साहले थप्नुभयो ‘हिजोसम्म केपी ओली हत्यारा हो भन्ने पार्टीले मनोनयन गर्नुभन्दा २४ घण्टा अगाडी ओलीसँगै घाँटी मिलाउनुले जनता र देशका लागि नभई आफ्नो कुर्सी र पद जोगाउनकै लागि गठबन्धन गरिएको कुरा जनता बुझि सकेका छन् ।’
अब पदलोलुप्तामा लागेका नेताहरुलाई मतदाताले मत पक्कै नदिने उनको भनाई हो।
घरदैलो कार्यक्रमका लागि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २मा पुगेका उम्मेदवार साहले सत्ता गठबन्धनको सरकार प्रदेशमा बने जनतालाई देखिने गरी विकास हुने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ। संविधान संशोधन, मधेशी जनताले पाउन नसकेका अधिकारको प्रत्याभूति गराउनका लागि सत्ता गठबन्धनको पक्षमा मतदान गर्न उनी आग्रह गर्नु हुन्छन ।
यसका साथै मधेश र देशकै लागि ठूलो समस्याको रुपमा रहेको नागरिकताको समस्या समाधानका लागि यो गठबन्धनले पहल गर्ने उनी दाबी गर्दैछन्। नागरिकता विधेयकको बिरोधमा लागेको दललाई मतदाताले पक्कै पनि मत नदिने विश्वास व्यक्त गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
19 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
22 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
