+977 9854027065 | akulpdsah@gmail.com

महोत्तरी पररियामा कर्फ्यु

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

914 Views

कमल साह
जनकपुरधाम, कार्तिक १० गते.। महोत्तरी को भंगहा नगर पालिका अन्तर्गत पथरिया गाउँ मा हिन्दू मुस्लिम बीच झरप हुंदा कर्फ्यू लागेको छ ।
हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले विहिबार निकालेको ¥यालीको क्रममा हिंसा भड्किएको छ। महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर– ८ पररीयामा हिन्दु सम्राट सेनाले निकालेको ¥यालीमा हिंसा भड्किदा जिल्ला प्रशासन कार्यालय महोत्तरी ले कर्फ्यू लगाइए को हो ।
हिंसा भड्किदा प्रहरीले एक दर्जन राउन्ड हवाइ फायरसमेत गरेको छ। स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । भंगहा नगरपालिका वडा नम्बर – ८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
दिउँसो ३ बजेबाट लगाइएको कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

5 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

25 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले