४०० विपन्न घरधुरीलाई न्यानो कम्बल वितरण
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, माघ १० गते । शितलहरबाट उच्च जोखिममा रहेका सर्लाहीको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका ४०० विपन्न घरधुरीलाई आज माघ १० गते न्यानो कम्बल वितरण गरिएको छ ।
बागमती सेवा समाज नेपालद्वारा वल्र्डभिजन इन्टरनेशनलसँगको साझेदारीमा संचालित बाल स्पोन्सरशिप परियोजनाद्वारा आयोजित न्यानो कम्बल वितरण कार्यक्रमको शुरुवात गर्नुहुँदै पर्सा गाउँपालिका अध्यक्ष किसुनदेव रायले चिसोबाट जोखिममा परेका व्यक्तिहरुलाई न्यानो कम्बलले राहत मिलेको कुरा बताउनुभयो ।
“हिउँद याममा हरेक वर्ष शितलहरबाट धेरै व्यक्तिहरुको ज्यान जाने गरेको छ ।” अध्यक्ष रायले भन्नुभयो “जोखिममा परेका समुदायलाई चिसोबाट जोगाउन स्थानीय सरकारले विभिन्न सहयोगी संस्थासँग समन्वय गरी काम गरिरहेको छ र त्यसै अन्तर्गत आज न्यानो कम्बल वितरण गरिएको हो ।”
सोही अवसरमा बोल्नु हुँदै बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले अति गरीब, विपन्न, दलित, अपांगता, एकल महिला भएका परिवारका बालबालिकालाई लक्षित गरी न्यानो कम्बल वितरण गरिएको बताउनुभयो । जोखिममा परेका व्यक्ति र परिवारलाई संस्थाले विभिन्न प्रकारको राहत सहयोग गर्दै आइरहेको बताउनुहुँदै अध्यक्ष कार्कीले भन्नुभयो “शितलहरको जोखिम कम गर्नका लागि अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो ।”
यसैगरी हरिपूर्वा नगरपालिका वडा नं. ३ मा आयोजित न्यानो कम्बल वितरण कार्यक्रममा बोल्नु हुँदै हरिपूर्वा नगरपालिका वडा नं. ३ का अध्यक्ष धर्मराज सिंहले विपन्न परिवारको घरमा न्यानो कम्बल आरामको निन्द्राको सहारा बन्ने कुरा बताउनुभयो । “धेरै विपन्न परिवारमा ओढ्ने, ओछ्याउने कपडा राम्रो नहुँदा दुःख खेप्नु परिरहेको छ र शितलहरको शिकार बन्नु परिरहेको छ ।” अध्यक्ष सिंहले भन्नुभयो “न्यानो कम्बल ती विपन्न परिवारको लागि ठूलो सहयोग बनेको छ ।”
संस्थाद्वारा सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका वडा नं. ३ र वडा नं. ८ तथा पर्सा गाउँपालिका वडा नं. ४ र वडा नं. ५ का अति गरीब, विपन्न, दलित, अपांगता भएका ४०० परिवारलाई प्रति परिवार एउटा न्यानो कम्बल वितरण गरिएको कुरा कार्यक्रम संयोजक कुमार भण्डारीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
3 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
