लोकतान्त्रिक सरकार बनाउन सत्ता गठबन्धनको पक्षमा मतदान गर्न परमेश्वरको आग्रह्
कमल साह
जनकपुरधाम, कार्तिक ११ गते । पांचदलिय सत्ता गठबन्धन धनुषा ३(ख)बाट प्रदेशसभामा उम्मेदवारी दिएका लोसपाका परमेश्वर साहले घरदैलो कार्यक्रमला ई तीव्रता दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२मा पुगेका साहले गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
संविधान संशोधन, मधेशी जनताले पाउन नसकेका अधिकारको प्रत्याभूति गराउनका लागि लोकतान्त्रिक सरकार बनाउनु आवश्यक रहेको साहले बताए । उनले लोकतान्त्रिक सरकार निर्माणका लागि कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे । यसका साथै मधेश र देशकै लागि ठूलो समस्याको रुपमा रहेको नागरिकताको समस्या समाधानका लागि यो गठबन्धनले पहल गर्ने उनको दावी थियो । नागरिकता विधेयकको बिरोधमा लागेको दललाई मतदाताले पक्कै पनि मत नदिने विश्वास व्यक्त गरे ।
उम्मेदवार साहले प्रदेशको नामाकरण गर्यौँ, राजधानी बनायौँ तर संघियता अनुरुप काम अगाडी बढ्न नसकेकाले त्यसका लागि थुप्रै काम गर्नुपर्ने भएकाले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे । जनकपुरधामलाई राजधानीको स्वरुपमा ल्याउन र संघियता अनुरुप काम अगाडी बढाउन बाँकी कामहरु आफूहरुले पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । हाम्रो गठबन्धनको सरकार बनयो भने यहाँका जनताका समस्या समाधान गर्नुका साथै विकास निर्माणका कामहरुलाई समेत गति प्रदान गर्ने स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
5 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
25 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
