लोकतान्त्रिक सरकार बनाउन सत्ता गठबन्धनको पक्षमा मतदान गर्न परमेश्वरको आग्रह्
कमल साह
जनकपुरधाम, कार्तिक ११ गते । पांचदलिय सत्ता गठबन्धन धनुषा ३(ख)बाट प्रदेशसभामा उम्मेदवारी दिएका लोसपाका परमेश्वर साहले घरदैलो कार्यक्रमला ई तीव्रता दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२मा पुगेका साहले गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
संविधान संशोधन, मधेशी जनताले पाउन नसकेका अधिकारको प्रत्याभूति गराउनका लागि लोकतान्त्रिक सरकार बनाउनु आवश्यक रहेको साहले बताए । उनले लोकतान्त्रिक सरकार निर्माणका लागि कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे । यसका साथै मधेश र देशकै लागि ठूलो समस्याको रुपमा रहेको नागरिकताको समस्या समाधानका लागि यो गठबन्धनले पहल गर्ने उनको दावी थियो । नागरिकता विधेयकको बिरोधमा लागेको दललाई मतदाताले पक्कै पनि मत नदिने विश्वास व्यक्त गरे ।
उम्मेदवार साहले प्रदेशको नामाकरण गर्यौँ, राजधानी बनायौँ तर संघियता अनुरुप काम अगाडी बढ्न नसकेकाले त्यसका लागि थुप्रै काम गर्नुपर्ने भएकाले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे । जनकपुरधामलाई राजधानीको स्वरुपमा ल्याउन र संघियता अनुरुप काम अगाडी बढाउन बाँकी कामहरु आफूहरुले पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । हाम्रो गठबन्धनको सरकार बनयो भने यहाँका जनताका समस्या समाधान गर्नुका साथै विकास निर्माणका कामहरुलाई समेत गति प्रदान गर्ने स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
19 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
22 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
