पर्सा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार चौरसियाले चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग गर्दै, निर्वाचन आयोग मौन
रंजित चौरसिया, वीरगंज,
वीरगंज कार्तिक्र १६ गते । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारमा बालबालिकाको प्रयोग हुँदा पनि निर्वाचन आयोग मौन बनेर बसेको छ ।
पर्सा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजय चौरसियाले दिनहुँ घरदैलो लगायतका कार्यक्रमहरु गर्दै आएका छन् । सो कार्यक्रमहरुमा बालबालिकाहरुलाई झण्डा बोकाई चौरसियाले हाथ जोडि भोट भाग्दै गरेको दृश्य देख्दा स्थानिय सचेत नागरिकहरु रुष्ट बनेका थिए ।
निर्वाचन आयोगले निर्वाचनको प्रचार प्रसार कार्यक्रममा बालबालिका प्रयोग गर्नु अक्षम्य अपराध भएको भन्दै राजनीतिक दलहरुलाई बालबालिका प्रयोग नगर्न निर्देशन समेत दिएको छ । कुनै पनि निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न र नगराउन निर्देशन दिँदै प्रयोग गरेका पाइएमा कारवाही गरिने चेतावनी समेत दिएको छ । तर त्यसको ठिक उल्टो उम्मेदवार चौरसियाले गरिरहेका छन् ।
चौरसियाले पर्सा क्षेत्र नं. २ मा पर्ने पर्सागढी लगायतका विभिन्न स्थानहरुमा घरदैलो गर्ने क्रममा बालबालिकाहरुको प्रयोग गरेको उनि सँगै घरदैलोमा सहभागी एकजनाले नाम नछाप्ने शर्तमा बताए । उम्मेदवार चौरसियाका समर्थकहरुले सामाजिक सञ्जालमा पोष्ट गरेको अधिकांश तस्बिरमै बालबालिकाले झण्डा बोकेर जुलुसमा हिँडिरहेको देख्न सकिन्छ ।
सत्तारुढ पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका चौरसियाले आफनो पार्टी सरकारमा रहेकोले पनि निर्वाचन आयोगको निर्देशनलाई अवज्ञा गर्दै हिडने गरेको समाचार स्रोतको दाबी रहेको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
19 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
22 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
