परमेश्वरलाई मतदाताहरुको आश्वासन ः सत्ता गठबन्धनकै पक्षमा मतदान गर्छौँ
कमल साह
जनकपुरधाम, कार्तिक २० । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा पाँच दलीय सत्तागठबन्धनका उम्मेदवारहरुलाई चुनावी घरदैलोका क्रममा मतदाताहरुले भव्य स्वागत गरिरहेका छन् ।
मत माग्न घरदैलोमा पुगि रहेका धनुषा ३(ख)को प्रदेशसभा सदस्यका उम्मेदवार परमेश्वर साहलाई मतदाताहरुले स्वागत गर्दै गठबन्धनको पक्षमा मतदान गर्ने आश्वासन दिएका छन् । यसै क्रममा शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० र वडा नम्बर ११ घरदैलो गर्दै पुगेका प्रदेशसभा सदस्यका उम्मेदवार साहलाई मतदाताहरुले समर्थन गर्दै ठाँउमा स्वागत गरेका हुन् ।
अरु दलका उम्मेदवार भन्दा गठबन्धनका उम्मेदवारहरु जनता माझ रहदै आएकाले मतदाताले आफूहरुलाई रुचाईरहेको परमेश्वरले दावी गरे । उनले विगतमा आफु प्रदेशसभा सदस्य बन्दाका बेला जनभावना अनुसार नै काम गरेको स्मरण गराउदै यसपालि जनताले अवसर दिए जनताको चाहना र आवश्यकतालाई शीरोधार्य गरेर काम गर्ने वाचा पनि गरे ।
विगत पाँच वर्षको कार्यकालमा आफुले गरेका कामहरु जनताका सामु सर्वविदीतै रहेको भन्दै फेरि अवसर पाएमा विगतको भन्दा पनि उत्कृष्ट काम गर्ने प्रतिबद्धता मतदाताहरु सामु जनाए ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
19 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
22 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
