नेपालका पिछड़ा वर्ग (ओ बि सी) को राष्ट्रीय महाधिवेशन सम्पन्न
राकेश यादब (सौगात), जनकपुरधाम
जनकपुरधाम, माघ ११ गते । नेपाल का पिछड़ा वर्ग (ओ बि सी) को राष्ट्रीय महाधिवेशन यहाँ माघ १० गते सम्पन्न भएको छ. ।
जनकपुरधाम उद्योग बाणिज्य संघ को राजर्षि जनक सभा कक्षमा आरम्भ भएको उदघाटन सत्र को प्रमुख अतिथि प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले पिछडा वर्ग ओबीसीको विकास बिना यो प्रदेश समृद्ध नहुने बताएका छन् ।
उहांले पिछडावर्ग ओबीसी महासभालाई सम्बोधन गर्दै भन्नुभयो ओबीसीको विकास बिना प्रदेश २ मा कुनै काम गर्न सम्भव नहुने बताउनु भएको छ ।
मंत्री साह ले हाम्रो मुलुकमा विभिन्न किसिमको आन्दोलन भएको हो, तर जनताको अनुभव भइराखेकेको छैन बिचार राख्दै थप्नुभयो, प्रदेश २ मा ओबीसीकै सरकार रहेको बताउँदै मन्त्री साहले भने, ‘संविधानमा हाम्रो हक छ तर सिस्टममा गएको छैन ।’
ओबीसीलाई अधिकार दिन मूलधारमा ल्याउँदा राम्रो हुने उनको भनाइ छ । कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवहा ले भने, ‘ओबीसी २२ वर्षदेखि संघर्ष गर्दै आएको छ अहिलेसम्म उपलब्धि पाउन सकेको छैन । दुःख लाग्छ ।’
सविधानमा पाँच वटा धारामा ओबीसीको चर्चा रहेको र ओबीसीका विचार धेरै राम्रो रहेको उनले बताए । पिछडा वर्ग प्रतिष्ठानको पनि व्यवस्था गर्नु पर्नेमा मन्त्री कुशवहाले सल्लाह दिए ।
प्रदेश २ का प्रदेश सभाकी सदस्य निरा साहले जनगणनाको आधारमा जबसम्म हाम्रो संगठन हुँदैन तबसम्म हामीहरुको माग पूरा नहुने बताए ।
आयोजक पिछडावर्ग महासभा केन्द्रीय कार्यसमिति राष्ट्रिय अध्यक्ष राजकुमार महतोले मेचीदेखि महाकालीसम्म ओबीसीको टिम बनाएको र २१ वटा जिल्ला समितिसमेत बनाएको बताए । उनले आउने दिनमा प्रदेश सरकारबाट सहयोग हुने आशा राखेको बताए ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
3 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
