+977 9854027065 | akulpdsah@gmail.com

बागमती सेवा समाज र आर.आर.पि.के.द्वारा परियोजना परिचयात्मक कार्यक्रम

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1006 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, कार्तिक २५ गते । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा बागमती सेवा समाज नेपाल द्वारा सञ्चालित बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरसीप परियोजनाको साथै राष्टिूय रोजगार प्रबद्र्धन केन्द्र आर.आर.पि.के.) द्वारा सञ्चालित पोषण तथा उत्थानसील जिविकोपार्जन पर्सा गाउँपालिकामा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
पर्सा गाउँ पालिकाको उपाध्यक्ष नुतन देवी मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय सुरश यादव, पालिकाका विषयगत प्रमुख, बाल सञ्चालका अध्यक्ष प्रतिनिधी साथै बागमती सेवा समाज नेपाल र आर.आर.पि.के. का कर्मचारी उपस्थिती भएको कार्यक्रममा आर.आर.पि.के.का परियोजना व्यवस्थापक राम कुमार यादव र बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादेले आर्थिक वर्ष सन् २०२२ मा भएका क्रियाकलापको समिक्षात्मक प्रस्तुतीकरण गर्नुका साथै आगामी आर्थिक वर्ष सन् २०२३ मा गरिने क्रियाकलापका साथै बजेट प्रस्तुत गरेका थिए ।


पर्सा पालिका स्तरीय बाल सञ्जालका अध्यक्ष हरेराम महतो भन्छन,ू हामी बालबालिकाको लागि बागमती सेवा समाज तथा आर.आर.पि.के. ले निकै नै राम्रो काम गरिरहेको छ । विभिन्न तालिम जस्तै जीवन उपयोगी सीप तथा आत्मरक्षा तालिम, महत्वपूर्ण कथा लेखन, मनोसामाजिक सहयोग तथा हेरचाह तालिम आदि र अन्य क्रियाकलापबाट बालबालिकाहरुको क्षमता बढी रहेको छ । अध्यक्ष महतो थप्छन् , बालबालिका तथा किशोरकिशोरीहरुमा लागुऔधषको लत बढीरहेको देख्छु जसले गर्दा प्रत्यक्ष उनीहरुमा असर पर्दै गएको छ । यो सवालमा पनि बागमती सेवा समाजले काम गरिदिए अझैैं धेरै राम्रो हुन्थ्यो ।ू
वडा नम्बर २ का वडा अध्यक्ष राकेश राम भन्छन् ,ूबागमती सेवा समाज र आर.आर.पि.के.ले हाम्रो पालिकामा विगत देखि बालबालिका, महिला अनि हरेक क्षेत्रमा राम्रो काम गर्दै आईरहेको छ । यस आर्थिक वर्ष सन् २०२३ का लागि पनि राम्रो क्रियाकलाप रहेको छ, हामीहरुलाई यसमा खुशी लागेको छ । संस्थाहरुले निष्पक्षढंगले काम गर्दै जाने हो भने बालबालिका तथा समुदायलाई निकै फाईदा पुगी संस्थाको ईज्जत अरु बढ्नेछ ।


पर्सा गाउँ पालिकाको उपाध्यक्ष नुतन देवी मण्डल भन्नुहुन्छ, बागमती सेवा समाज नेपाल र आर.आर.पि.के.ले बालबालिका र महिलाहरुको लागि धेरै राम्रो कामहरु गरिरहेको छ । बालबालिकाहरुलाई विभिन्न तालिम दिने, स्वास्थ्य, शिक्षामा सहयोग गर्दै आएको छ । पहिला घुङ्घट लगाएर बस्ने महिलाहरु अहिले विभिन्न तालिममा सहभागी भई निर्धक्क बोल्ने भएका छन् । त्यसको लागि म धन्यवाद दिन चाहन्छु र आगामी वर्षका योजनाहरुमा पनि संस्थाहरुलाई साथ सहयोग पालिकाबाट रहने छ ।
राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका मिल अधिकृत उषा कार्कीले सञ्चालन गरेका थिए भने बागमती सेवा समाज नेपालका बित्तिय तथा प्रशासकीय अधिकृत श्रद्धा गिरीले स्वागत मन्तव्य दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

5 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

25 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले