स्वतन्त्र उम्मेदवार उमेश साहको प्रचारप्रसार कार्यालय उद्घाटन
कमल साह
जनकपुरधाम,कार्तिक २८ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर– ३ का स्वतन्त्र उम्मेदवार उमेश साहले आफ्ना प्रचारप्रसार कार्यालय उद्घाटन गरेका छन् ।
यहाँका रामचौकस्थित चुनाव प्रचारप्रसार समितिको कार्यालय स्थापना गरेका हुन । उहाँले शान्ति र स्वतन्त्रताको प्रतीक परेवा उडाएर कार्यालय उद्घाटन गर्नुभयो ।
सो उद्घाटन कार्यक्रममा उहाँले न्याय गर्न सक्ने व्यक्तिको पक्षमा मतदान गर्न आग्रह गनुृभयो । दलीय र जातीय राजनीतिले जनता अन्यायमा परेको भन्दै उहाँले योग्य उम्मेदवारबारेमा मनन गरी मतदान गर्न आग्रह गर्नुभयो ।
महारानी जानकीको जन्मभूमि जनकपुरधाममा नेता जन्मिए पनि राजनेता जन्माउन नसकिएको उहाँले थप्नुभयो दीपावलीको अवसरमा भारतमा गएर यहाँका नेता दीप प्रज्जवलन गरियो ।
तर, जानकी मन्दिर अन्ध्यारो हुँदा एक शब्द बोल्न नसक्ने नेताको पक्षमा मतदान नगर्द मतदातासंग उहाँले ले आग्रह गर्नुभयो ।
स्वतन्त्र उम्मेदवार साह नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत हुन् । उहाँ मिथिला नाट्य कला परिषद्का सल्लाहकार पनि हुन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा उम्मेदवार साहको दाइ रमेश साहले जनकपुरधामको विकासमा आफ्नो परिवारको योगदान बारे सुनाउनु भयो ।
उहाँले यहाँ रामसागर राम स्वरुप बहुमुखी क्याम्पस निर्माणको बेला आफ्नो परिवारले एकल ईटा दान दिएको र जनकपुर विमान स्थल निर्माणमा पनि उल्लेख्य भूमिका खेलेको बताउनु भयो ।
धनुषा निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य पदको लागि ३१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
19 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
22 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
