+977 9854027065 | akulpdsah@gmail.com

प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अम्बु साह

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1093 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, कार्तिक २८ गते । प्रदेशसभा सदस्य पदमा धनुषा क्षेत्र नं.३ (ख)बाट स्वतन्त्र भई उम्मेदवारी दिनुभएको युवा व्यावसायी अम्बु प्रसाद साह ले आफ्नो क्षेत्रको चौतर्फी विकास गर्ने प्रतिबद्धता पत्र आज सार्वजनिक गर्नु भएको छ ।
यहाँका व्यापारीहरुको थलो जनकपुरधाम उद्योग बाणिज्य संघको राजर्षि जनक सभा कक्षमा आफ्नो १५ बन्दे प्रतिबद्धता पत्र पत्रकार सम्मेलन गरेर उहाँले सार्वजनिक गर्नुभएको हो ।
डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबाट राजनीतिमा प्रवेश गर्नुभएको अम्बु प्रसाद साह जनता समाज पार्टी धनुषाका उपाध्यक्ष पदमा थिए । जसपाका उपेन्द्र यादव ले नीति नियम विपरित गएर एमाले संग चुनावी तालमेल गर्न पुगेको अम्बु साह लाई मन नपराएर नै उनि प्रदेश सभा सदस्य पदमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको उहाँ जनाएका छन ।
प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार साह ले सार्वजनिक गर्नुृभएको प्रतिबद्धता पत्रको मुख्य उद्येश्य आफ्ना क्षेत्रका चौतर्फी विकास गरेर समता मुलक समाज निर्माण गर्ने लक्ष्य रहेको बताउनु भयो ।
सफल युवा व्यावसायी एवं पर्यावरण प्रेमी अम्बु साह जनकपुरधाम उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएको छ । उहाँले सार्वजनिक गर्नुभएको प्रतिबद्धता पत्रमा निःशुल्क गुणस्तरीय शिक्षा, युवामा शिपमुलक शिक्षाको विकाससंगै अदर्श युवा निर्माण, जनकपुरधामलाई धार्मिक पर्यटन नगरको रुपमा विकास, ग्रामिण क्षेत्रको विकासकालागि कृषिमा क्रान्ति ल्याउन सुलभरुपमा मल र उपकरण उपलब्ध,यातायातको विकास लगायतका १५ बुन्दे प्रतिबद्धता पत्र सर्वाजनिक उहाँले गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

5 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

25 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले