+977 9854027065 | akulpdsah@gmail.com

आवासीय सुविधा नलिने एक्लो सांसद ः कमल

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

968 Views

कमल साह,
जनकपुरधाम, कार्तिक ३० गते । मधेश प्रदेशका निवर्तमान साँसद किशोरी साह कमल हाल धनुषा क्षेत्र नं. १ बाट जनमत पार्टीको तर्फबाट प्रतिनिधीसभा सदस्य पदका लागि उम्मेदवारी दिनु भएको छ ।
उनि प्रदेशसभाबाट आवासीय सुविधा नलिने एकमात्र प्रथम सांसद रहेका छन । यो कुरा जनताले बुझन थालेका छन् ।
प्रदेश १ बाट उम्मेदवारी दिनु भएका निवर्तमान प्रदेश सभा सदस्य किशोरी साह कमलका स्वकीय सचिव महादेव राउतका अनुसार जनकपुरधामदेखि १५ किलोमिटरको परिधि भित्र घर हुने सांसदहरुले आवासीय सेवा सुविधा नपाउने नियम रहेको छ । तर, प्रयाः सांसदको घर जनकपुरधाममा रहेपनि आवासिय सुविधा नलिने कमल एक्लो सांसद रहेको छ ।
उनि भन्छन,‘सुरुको चार पाँच महिनाको आवासीय सुविधा सहितको तलव सांसद कमलको खातामा आइसकेको थियो । यो कुरा सांसद कमल ले जानकारी पाएपछि प्रदेशसभामा गएर बुझ्नु भयो र उनि आफु नियमानुसार आवासीय सुविधा नलिने भन्दै पैसा पनि फिर्ता गर्नुभयो ।’
जनताले यस्ता कुराहरु बुझेर मतदान गर्नुपर्ने उहाँले बताउनु हुन्छ । प्रदेश र प्रतिनिधीसभाको निर्वाचन घोषणा भएकै दिन निवर्तमान साँसद कमलले पार्टीको सचेतकका रुपमा पाएको सवारी साधन समेत फिर्ता गरिदिनु भएको थिए । उनको चुनावीसभामा सोमवार पार्टी अध्यक्ष डा. सिके राउत सबैला आउँदा उनको सभामा व्यापक भिडभाड देख्नु भयो ।
प्रदेश सभाका सांसद कमलले आफु ईमान्दारिताको राजनिति गर्दै आएको बताउँदै थप्नुभयो कि कुनै पनि परिस्थितीमा इमान्दारिकातको कुरा गरिरहने छु ।
यस क्षेत्रमा जनता समाजबादी पार्टी (जसपा) बाट दिपक कार्की र पाँचदलिय सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका केन्द्रिय नेता मातृका यादव उम्मेदवारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

17 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

28 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले