+977 9854027065 | akulpdsah@gmail.com

मेरो कामको मूल्यांकन गरेर मलाई मतदाताले मत दिन्छन् ः परमेश्वर

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

961 Views

कमल साह
जनकपुरधाम, कार्तिक ३० गते । धनुषा निर्वाचन क्षेत्र नम्बर ३(ख)को प्रदेशसभा सदस्यका उम्मेदवार परमेश्वर साहले आफूले गरेका कामहरुलाई मूल्यांकन गरेर यहाँका मतदाताले आफूलाई नै मत दिने विश्वास व्यक्त गरेका छन् ।
५ वर्ष प्रदेशसभा सदस्य भएर यस क्षेत्रको विकासका लागि आफूले गरेका कामहरुको जनताले मूल्यांकलन गरेको र आफूलाई नै फेरी अवसर दिने परमेश्वरले दावी गरे ।
धनुषा ३(ख)बाट सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार परमेश्वरको पक्षमा मत माग्नका लागि युवा देखि बृद्धसम्मको सक्रियता देखिएको छ । घरदैलोको क्रममा दर्जनौँ युवा तथा महिलाहरुले उनको पक्षमा मत मागिरहेका छन् ।
प्रदेश सरकार भ्रष्टाचारमा लिप्त हुँदा समेत आफू संघियता संस्थागतका लागि प्रदेशको नाम र राजधानी तोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उम्मेदवार परमेश्वरले मतदाताहरुलाई बुझाई रहेका छन् ।
प्रदेश सरकारको भ्रष्टाचारका कारण आजित भएको बेला सोही नेतृत्वलाई यहाँका जनता फेरी स्वीकार गर्न नसक्ने दावी गरे । प्रदेशले नाम र राजधानी पाई सकेको छ अब प्रदेशको विकास गर्नुछ, उनले भने ‘यहाँको सर्वांगिन विकासका लागि सत्ता गठबन्धनको पक्षमा मतदान गर्नुस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

1 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

21 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले