+977 9854027065 | akulpdsah@gmail.com

मधेश प्रदेशका झण्डै चौंतिस हजार कर्मचारी र करिब सैंतिस हजार सुरक्षाकर्मी ५२ प्रकारका समाग्रीलिई मतदान केन्द्र पुग्यो

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

484 Views

कमल साह
जनकपुरधाम,मंसिर ३ गते । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सफल पार्न झण्डै चौतिस हजार कर्मचारी खटाएको छ । त्यस्तै सुरक्षाकर्मी झण्डै ३७ हजार खटाएको छ । उनिहरु विहिवार मतदानका लागि चाहिने ५२ प्रकारका समाग्री लिएर आ–आफ्नो मतदान केन्द्र तर्फ लागेका छन ।
मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम ले मधेश प्रदेशका ८ वटै जिल्लामा मतदान सफल पार्न ३३ हजार ८ सय ८० जना कर्मचारी खटाएकोे जनाएको छ ।
मधेश प्रदेशका ४ हजार २ सय ३५ मतदान केन्द्रको मतदान सफल पार्नको लागि हरेक मतदान केन्द्रमा ८ जनाको हिसाबले कर्मचारी खटाइएको छ ।
८ जनामध्ये प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहन व्यवस्था गरिएको छ ।
मतदाता संख्याको आधारमा प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतले ३ देखि ४ जनासम्म स्वयंसेवकसमेत खटाउन पाउने व्यवस्था गरिएको मधेश प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जनाएका छन ।
धनुषा जिल्लामा सबभन्दा बढी मतदान केन्द्र रहेको ले यहाँ कर्मचारी र सुरक्षाकर्मी समेत सबैभन्दा बढी खटाएको छ ।
सप्तरी जिल्लाका ५ सय ३६ मतदान केन्द्रमा ४ हजार २ सय ८८ कर्मचारी खटाएका छन् ।
सप्तरीमा २ लाख १७ हजार २ सय २ पुरुष, २ लाख १ हजार ७१ महिला र अन्य २१ गरी कूल ४ लाख १ हजार ३ सय ७४ मतदाता रहेका छन् ।
त्यस्तै सिरहाका ५सय ५ मतदान केन्द्रका लागि ४ हजार ४० कर्मचारी खटाएका छन् ।
सिरहा जिल्लामा २ लाख २४ हजार ९९ पुरुष, १ लाख ९८ हजार ६ सय ११ महिला र अन्य २ गरी कूल ४ लाख २२ हजार ७ सय १२ मतदाता रहेको जनाएको छ ।
उसैगरी धनुषा जिल्लमा ६ सय ५ मतदान केन्द्रमा ४ हजार ८ सय ४० कर्मचारी खटाइएका छन् ।
यहाँ २ लाख ५२ हजार ९ सय १५ पुरुष, २ लाख २१ हजार ६ सय ६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५ सय ८७ जना मतदाता रहेका छन ।
त्यसैगरी महोत्तरी जिल्लाका ४ सय ९९ मतदान केन्द्रमा ३ हजार ९ सय ९२ कर्मचारी खटाएका छन् ।
सो जिल्लामा २ लाख १५ हजार १ सय ३१ पुरुष, १ लाख १ हजार ८ सय ९ महिला र अन्य एक जना गरी कूल ३ लाख ९७ हजार ३० मतदाता रहेका छन् ।
उस्तै सर्लाही जिल्लका ६ सय मतदान केन्द्रमा ४ हजार ८ सय कर्मचारी खटिएका छन् ।


त्यहाँ २ लाख ५९ हजार ४ सय १४ पुरुष, २ लाख १९ हजार ६ सय १४ महिला र १० जना अन्य गरी जम्मा ४ लाख ९७ हजार ३८ मतदाता रहेका छन् ।
त्यसैगरी रौतहट जिल्लाका ५ सय २३ मतदान केन्द्रमा ४ हजार १ सय ८४ कर्मचारी खटिएका छन् ।
रौतहटमा २ लाख २७ हजार २ सय २९ पुरुष, १ लाख ८८ हजार २ सय ५५ महिला र एक जना अन्य गरी कूल ४ लाख १५ हजार ४ सय ५५ जनाले मतदाता रहेका छन् ।
उसैगरी बारा जिल्लाका ५ सय ५५ मतदान केन्द्रमा ४ हजार ४ सय ४० कर्मचारी खटाएका छन् ।
त्यस जिल्लामा २ लाख ३६ हजार ८ सय ८० पुरुष, १ लाख ९६ हजार ६ सय १२ महिला र १२ जना अन्य गरी कूल ४ लाख ३३ हजार सय ४ जना मतदाता छन् ।
त्यस्तै पर्सा जिल्लाका ४ सय १२ मतदान केन्द्रमा ३ हजार २ सय ९६ कर्मचारी खटाएका छन । त्यस जिल्लामा १ लाख ९४ हजार ९ सय ४ पुरुष, १ लाख ५१ हजार ८ महिला र १६ अन्य मतदाता गरी कूल ३ लाख ४५ हजार ९ सय २८ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् ।
मधेश प्रदेशका ८ जिल्लामा ३२ प्रतिनिधिसभा तथा ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमा १८ लाख २७ हजार ८ सय ५४ पुरुष, १५ लाख ५८ हजार ७ सय ४ महिला र ७० जना अन्य मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
आसन्न निर्वाचनका लागि यस प्रदेशमा २ हजार १ सय ५६ मतदान स्थल र ४ हजार २ सय ३५ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख पन्थीले जनाएको छ ।
त्यस्तै मंसिर ४ गते हुने निर्वाचन सफल पार्नको लागि सुरक्षाका लागि मधेश प्रदेशमा १२ हजार ९ सय ६५ जनपद् प्रहरी र झण्डै २४ हजार म्यादी प्रहरीलाई खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशका आठवटै जिल्लामा २४ हजार ४३ म्यादी प्रहरी खटाइएको छ । जसमध्ये सबैभन्दा बढी धनुषामा ३ हजार ८ सय ८६ र सबभन्दा कम पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएका छन् ।
जिल्लाको अधारमा सप्तरीमा ३ हजार २ सय ७८, सिरहामा २ हजार ८ सय ९, महोत्तरीमा २ हजार ८सय १, सर्लाहीमा ३ हजार ३ सय ७, रौतहटमा २ हजार ९ सय ३९, बारामा ३ हजार १ सय ४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिमसिनाले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

कविता : स्वार्थ व्यवहार

       कविता स्वार्थ व्यवहार लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     सोचु सोचु बाबु भैया बरहु अ..

4 दिन पहिले

कविता : नववर्षको शुभकामना

      कविता नववर्षको शुभकामना   लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     रहौ खुशी रहौं हर्ष ।आनन..

4 दिन पहिले

जनकपुरमा चैते छठ लगायत तीन पर्वको चहलपहल

कमल साह जनकपुरधाम,वैशाख १ गते । प्राचिन मिथिलाको राजधानी तथा मधेश प्रदेशको राजधानी जनकपुरधाममा अचेल चैते छठ लगाय..

5 दिन पहिले

बेलाकुटीको त्रिचालिसवटा कित्ता जग्गा अतिक्रमण भएको वडा..

कमल साह जनकपुरधाम,वैशाख १ गते । रामजानकी दुलहा भगवान बेलाकुटीको ४३ कित्ता जमिन अतिक्रमण भएको तथ्याँक चैत्र २८ गत..

5 दिन पहिले

छुरा प्रहार गरि प्रीन्स महासेठको हत्या

निरंजन साह, जनकपुरधामजनकपुरधाम, चैत्र २६ गते । जनकपुरमा छुरा प्रहार गरि एक युवकको हत्या भएको छ । सोमबार दिउँसो जन..

10 दिन पहिले