जन्मसिद्ध नागरिकताको निर्णय ३ महिनाभित्र नभए देशव्यापी आन्दोलन गर्छौ – रघुबीर महासेठ
कमल साह
जनकपुरधाम,मंसिर १७ गते ।
नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकताको निर्णय नभए एमाले पार्टी देशव्यापी आन्दोलन गर्ने बताउनु भयो ।
प्रेस चौतारी धनुषाद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलन उहाँले अब बन्ने सरकारले तीन महिनाभित्र नागरिकता समस्या समाधान नगरे एमालेको नेतृत्वमा मधेशसहित देशभरी आन्दोलन गर्ने स्पष्ट रुपमा बताउनु भयो ।
नागरिकता समस्या समाधान गर्नको लागि चालेको कदममा एक दललाई अर्का दलको नाम हुने निहु निकाल्दै आएको ले समस्या बल्झिदै आएको हो । यस्ले लाखौं बालबालिकाको शिक्षा र रोजगारीमा समस्या उत्पन्न हुँदै आएको छ ।
प्रतिनिधी सभा सदस्यपदमा पुनः धनुषा क्षेत्र नं. ४ निर्वाचित भएपछिको यो पत्रकार सम्मेलन महासेठको महिलो हो । उहाँले नागरिकताको समस्या समाधान नहुनजेलसम्म आन्दोलन जारी राख्ने बताउनु भयो ।
उहाँले पछिला घटनाहरु बताउँदै विगतमा एमालेको सरकारले मधेशमा चौध सय विकासका योजनहरु ल्याउन लागोकोमा, कोरोना कहर र सरकार ढलेपछि आएको नयाँ सरकारले सम्पूर्ण योजनाहरु रोक दिएको आरोप लगाउनु भयो । उहाँले कांग्रेसको गठबन्धन सरकारले मधेश बिरोधी कृयाकलाप गरिदै आएको आरोप लगाउनु भयो ।
अन्तमा उहाँले आफूलाई भोट दिएर जिताउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
5 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
25 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
