जनकपुरका चौधरी पर्यटन सद्भावना दूतमा नियुक्त
कमल साह
जनकपुरधाम, पुस १६ गते । मधेश प्रदेशका राजधानी जनकपुरधामका विजय कुमारी चौधरी अमेरिकाका लागि नेपालको तर्फबाट पर्यटन सद्भावना दूतमा नियुक्त भएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार अमेरिका स्थित क्यालिफोर्निया राज्यका लागि पर्यटन सद्भावना दूतमा चार बर्षका लागि उनलाई नियुक्त गरिएको छ ।
उनी चार बर्षदेखि क्यालिफोर्निया लाई कर्मक्षेत्र बनाई नेपाली कला, संस्कृति, पर्यटनको क्षेत्रमा नेपाल र नेपालीलाई विश्व सामु चिनाउनका लागि पर्यटन प्रवद्र्धनलाई संरक्षण गर्ने कार्यमा सक्रिय रहेका छन् ।
चौधरी एशोसिएशन अफ नेपाली तराईयन ईन अमेरिका (एएनटिए )को अन्तर्राष्ट्रिय उपाध्यक्ष, फ्रिमन्ट सागरमथा लायन्स क्लबको प्रेसीडेन्ट, एनआरएनएको सक्रिय अभियन्ता र पूर्व शिक्षक समेत रहेका छन् ।
यहाँको जानकी माविमा शिक्षण पेशामा रहेका चौधरी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आइरहेका छन् ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
18 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
22 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
