विश्वासको मत दिने वा नदिने निर्णय गर्ने ः उपाध्यक्ष पाण्डे
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, पुस २३ गते । बागमती प्रदेशका कामचलाउ मुख्यमन्त्री समेत रहनुभएका पार्टीका उपाध्यक्ष पाण्डेले जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत रुपमा विश्वासको मत मागे पनि पार्टीगत रुपमा नमाग्नु भएकाले विश्वासको मत विषयमा पुस २६ गते बिहान केन्द्रिय समितिको बैठक बसेर निर्णय गरिने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा पार्टीको पुस २६ हुने बैठकबाट निर्णय हुने बताउनुभएको छ ।
उहाँले विश्वासको मतका लागि लिखित रुपमा आग्रह नआएकाले व्यक्तिगत हिसाबले आएको प्रस्तावको आधारमा विश्वासको मत दिन नमिल्ने पनि बताउनुभयो ।
उहाँले वर्तमान प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा वा नदिने संविधान तथा राष्ट्रको कतिको हित हुन्छ त्यसको विश्लेषण गरेर पार्टीले निर्णय लिने पनि बताउनुभयो ।
उहाँले वर्तमान सरकारले ल्याउने नीति तथा कार्यक्रमको आधारमा नेकपा एसले विश्वासको मत दिने वा नदिने विषयमा निर्णय लिनमा बल पुग्ने बताउँदै वर्तमान सरकारको नीति देश र जनताको पक्षमा रहन आवश्यक भएको पनि बताउनुभयो ।
नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलको उपनेता समेत रहनुभएका उपाध्यक्ष पाण्डेले अहिलेको सरकारले विश्वासको मत पाउने वा नपाउने त्यसको एकिन नभएको बताउँदै वर्तमान सरकारलाई समर्थन गरेका दलहरू हालसम्म पनि सरकारमा नजानुले आशङ्का सृजना भएको बताउनुभयो ।
सो पत्रकार समेलनमा नेकपा एकीकृत समाजवादीको क.शत्रुधन महतो, क रतनेश्वर लाल गोईत, क. राज कुमार यादब, क. हरि प्रसाद पौडेल, बृहत जनकपुरधामका अध्यक्ष क. शितल साह, सामाजबादी प्रेस सगठनका प्रदेश अध्यक्ष प्रविण शाह लगायत सो पत्रकार सम्मेलन सामाजबादी प्रेस सगठनका जिल्ला अध्यक्ष अकुल प्रसाद साह को अध्यक्षतामा भएको र सो पत्रकार समेलनमा ४० जना भन्दा बढी पत्रकारहरु उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
5 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
25 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
