+977 9854027065 | akulpdsah@gmail.com

बयलवासबाट कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

807 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ ४ गते । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारबाट बुधबार हतियारसहित एक युवक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका–५, नरेशखोरका २२ वर्षीय सन्जितकुमार महतो हतियारसहित पक्राउ परेका हुन् । महतोको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय केशरगन्जको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार महतो मोटरसाइकल चोरी गर्ने घटनामा संलग्न हुँदै आएका थिए । जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका पीडितसँग पैसा असुल्ने गरेको उजुरीको आधारमा प्रहरीले विशेष सुराकीको आधारमा महतोलाई बुधबार मध्यान्ह ईश्वरपपुर नगरपालिका–६, बयलवास बजारबाट पक्राउ गरेको हो ।
महतोले मोटरसाइकल चोरी गरी पीडितलाई भारतसम्म बोलाएर २५, ३० हजार रुपियाँ माग्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विजय श्रेष्ठले बताए ।
महतोलाई नियन्त्रणमा लिएर खानतलासी लिँदा उनले शरीरमा लुकाएर बोकेको पेस्तोल र गोली बरामद भएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् । मोटरसाइकल चोरीमा संलग्न गिरोहका अन्य व्यक्तिको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

17 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

28 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले