जनकपुरधाममा पहिलो पल्ट अन्तर्राष्ट्रिय स्तरको ट्रेड एक्सपो हुने
कमल साह
जनकपुरधाम, माघ ८ गते । प्राचीन मिथिलाञ्चलको र अचेल मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको वृहत व्यापारिक मेला फागुन मा आयोजन हुंदैछ.
जनकपुरधाम ट्रेड एक्सपो २०२३ नाम बाट हुने व्यपारिक मेला अगामि फागुन ५ गते देखि १४ गते सम्म हुने आयोजक जनकपुरधाम उद्योग बाणिज्य संघ ले जनाएको छ ।
यस अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानहरूलाई एउटै छानामुनि सहभागि गराई व्यापारिक अनुभव आदान प्रदान तथा नयाँ आयाम एवं सम्भाव्यता खोज्ने उद्देश्यले एक्सपोको आयोजना गर्न लागिएको बताइएको छ ।
यहाँ का एतिहासिक स्थल तिरहुतिया गाछिमा आयोजना हुन लागेको मेलामा स्वदेशी तथा स्थानिय उत्पादनलाई प्रवर्द्धन गर्ने प्रमुख उद्देश्य लगायत सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बंगलादेशका विभिन्न क्षेत्रका व्यापारीहरूको पनि सहभागिता रहने आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी गराउनु भयो ।
औद्योगिक अवसरहरूको सम्भावित अध्ययन तथा क्षेत्रीय स्तरमा लगानी गरी विदेशबाट आउने व्यापारी तथा उद्योगीहरूलाई प्रोत्साहित गरी स्थानिय तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धमा विस्तारका लागि सहकार्य गर्न एक्सपो हुन लागेको सहआयोजक सिया ईभेन्टले जनाएको छ । यस वृहत्त मेलाले पर्यटन विकासमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ .जनकपुरधाम स्थित तिरहुतिया गाछी परिसरमा आयोजना हुने एक्सपोमा झणडै १५० स्टलहरू रहने जनाको छ ।
उक्त मेलामा १ लाख भन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव मनोज कुमार साहले बताउनननु भयो। यहांका व्यापार मेलामा पाईने विषेश सामानहरूमा अटोमोबाईल्स, गार्मेन्टस, कन्स्ट्रकसन बैंक, होम सप्लायर्स, हेल्थ एण्ड फिटनेश, छालाजन्य उत्पादन, किचेनवेयर तथा यस क्षेत्रका स्थानिय तथा नविनतम उत्पादनहरूको स्टल रहने आयोजक बताउंगी छन ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
5 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
25 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
