जेष्ठ नागरिक सेवाबाट बञ्चीत
कमल साह
जनकपुरधाम,माघ २६ गते । जनकपुरधाम उपमहानगरमा झण्डै ३ हजार साढे सात सय जेष्ठ नागरिक लगायतका लाभग्राही पहिलो किस्तामा सेवा पाउनबाट बंचित भएका छन ।
जनकपुरधाम उप–महानगरपालिकाको जनसंख्या झण्डै २ लाख रहेको मा ३ हजार ७ सय ३७ जना लाभग्राहि पहिलो किस्ता पाउनबाट बँचित भएका छन ।
जनकपुरधाम उप महानगरको कतिपय वडा अध्यक्ष को हेलचक्राई ले छुट्न गएको कुरा जनकपुरधाम उपमहानगर कार्यालयमा विभिन्न वडावाट आउने जेष्ठ नागरिकको भनाई बाट बुझिन्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जनकपुरधाम उप–महानगरपालिकाको कूल जनसंख्या १ लाख ९५ हजार ४ सय ३८ रहेको छ । त्यसमा झण्डै साढे ३७ सय लाभग्राही पहिलो किस्ता पाउनबाट बंचित भएका छन ।
जनकपुरधाम पंजिकरण शाखाका अनुसार जेष्ठ नागरिक अन्य ४२२,जेष्ठ नागरिक दलित २०६,जेष्ठ नागरिक एकल महिला १२८,विधवा १५५,अपांग (क) २१,अपांग (ख) ३४,बाल बालिका क्षेत्र तोकिएका २१०५,बालबालिका दलित ६६५ र लोपन्मुख जाति १ गरि कुल ३ हजार ७ सय ३७ जना लाभग्राही पहिलो किस्ता बुझनबाट बंचित भएका हुन ।
जेष्ठ नागरिकमा पहिलो किस्ता बुझनबाट बँचित हुनेहरु अधिकांश महिला छिन । त्यसमा पनि ग्रामिण वडाहरुबाट आएका महिलाहरु थिईन ।
जनकपुरधाम उप महानगरपालिकामा ग्रामिण क्षेत्रका वडाहरुमा बिन्धी,बसबिटी, कुर्था, बेंगाशिवपुर, कनकपट्टी, महुवा प्रको, लोहना, देवपुरा रुपैठा र बसहीया रहेका छन ।
गृहमंत्रालयले यी गाविसहरुलाई २०७१ सालमा गाभेर जनकपुर नगर पालिकालाई उप–महानगरपालिका घोषणा गरेको थियो । पछि स्थानिय सरकारले जनकपुरको पछाडी धाम जोडेर जनकपुरधाम उमनपा बनाएको छ ।
पंजिकरण कार्यालयमा कार्यरत एक जना कर्मचरी ले बताए अनुसार पहिलो किस्ता वितरण गर्नुभन्दा अघिसम्म दर्ता नभएको लाई पहिलो किस्ता पाउनबाट बंचित हुनुपर्ने छ ।
वडाकार्यालयमा कार्यरत कर्मचारी जिम्मेवार नभई दिएको हुनाले कतिपय सर्व साधारण लाभग्राही किस्ता पाउनबाट बंचित हुन लागेर देखेर उनिहरु दुखित बन्न थालेका छन ।
यस सम्बन्धमा जनकपुरधाम उप महानगरपालिकाका कार्यालय प्रमुख संग बुझन खोज्दा उनि सम्पर्कमा आएनन् ।
राष्ट्रिय जनगणना ०७८ अनुसार जनकपुरधाम उपमहानगरमा १ लाख ४ सय १७ जना पुरुष र ९५ हजार २१ जना महिला रहेका छन ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
17 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
28 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
