प्रदेश नं. २ मा कानुनमन्त्रीले खोप लगाएर कोभिड १९ विरुद्धको खोप लगाएर अभियानको शुरुवात
धनवीर कुशवाहा, गौशाला
गौशाला, माघ १५ गते । प्रदेश नं. २ मा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले कोभिड १९ विरुद्धको खोप लगाएर अभियानको शुरुवात गरिएको छ । खोपप्रति जनविश्वास बढोस् भन्रुने हेतुले कोभिड संक्रमित भइसकेका मन्त्री यादवले प्रदेशमा पहिलो खोप लगाएर सुरुवात गरेका हुन् ।
खोप लगाएपछि मन्त्री यादवले शरीरमा कुनै किसिमको असर नदेखिएको बताउनुभयो । आम नागरिकलाई खोप दिने जिम्मा संघीय सरकारको भए पनि संघीय सरकार त्यसबाट पन्छिए प्रदेश सरकारले नै खोपको व्यवस्था गर्ने उहाँको भनाइ रहेको छ ।
पहिलो चरणमा प्रदेशका धनुषा, पर्सा र सप्तरीसहितका तीन जिल्लाबाट खोपको सुरुवात गरिएको भन्दै मन्त्री यादवले प्रत्येक जिल्लाबाट खोप दिइने व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिए । प्रादेशिक अस्पतालमा पहिलो चरणमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी र शववाहन चालकसहितका २२५ जनालाई दिइने छ भने त्यसपछि जिल्लाका अन्य स्वास्थ्य संस्था, निजी अस्पतालका स्वास्थ्यकर्मीहरूलाई दिइने अस्पलतालका मेसु डा. प्रमोद यादवले जानकारी दिए ।कोभिड अस्पतालका प्रमुख एवं राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. जामुन सिंहले खोप उत्कृष्ट र पूर्ण सुरक्षित रहेको बताए ।
त्यस्तै आजै विरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजमा गजेन्द्रनारायण सिंह अस्पतालबाट खोप अभियान सुरु भएको हो । विरगञ्जमा मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा समाजिक विकास मन्त्री नवलकिशोर साहको आतिथ्यमा खोप अभियान सुरु भएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
3 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
