प्रदेश नं. २ मा कानुनमन्त्रीले खोप लगाएर कोभिड १९ विरुद्धको खोप लगाएर अभियानको शुरुवात
धनवीर कुशवाहा, गौशाला
गौशाला, माघ १५ गते । प्रदेश नं. २ मा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले कोभिड १९ विरुद्धको खोप लगाएर अभियानको शुरुवात गरिएको छ । खोपप्रति जनविश्वास बढोस् भन्रुने हेतुले कोभिड संक्रमित भइसकेका मन्त्री यादवले प्रदेशमा पहिलो खोप लगाएर सुरुवात गरेका हुन् ।
खोप लगाएपछि मन्त्री यादवले शरीरमा कुनै किसिमको असर नदेखिएको बताउनुभयो । आम नागरिकलाई खोप दिने जिम्मा संघीय सरकारको भए पनि संघीय सरकार त्यसबाट पन्छिए प्रदेश सरकारले नै खोपको व्यवस्था गर्ने उहाँको भनाइ रहेको छ ।
पहिलो चरणमा प्रदेशका धनुषा, पर्सा र सप्तरीसहितका तीन जिल्लाबाट खोपको सुरुवात गरिएको भन्दै मन्त्री यादवले प्रत्येक जिल्लाबाट खोप दिइने व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिए । प्रादेशिक अस्पतालमा पहिलो चरणमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी र शववाहन चालकसहितका २२५ जनालाई दिइने छ भने त्यसपछि जिल्लाका अन्य स्वास्थ्य संस्था, निजी अस्पतालका स्वास्थ्यकर्मीहरूलाई दिइने अस्पलतालका मेसु डा. प्रमोद यादवले जानकारी दिए ।कोभिड अस्पतालका प्रमुख एवं राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. जामुन सिंहले खोप उत्कृष्ट र पूर्ण सुरक्षित रहेको बताए ।
त्यस्तै आजै विरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजमा गजेन्द्रनारायण सिंह अस्पतालबाट खोप अभियान सुरु भएको हो । विरगञ्जमा मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा समाजिक विकास मन्त्री नवलकिशोर साहको आतिथ्यमा खोप अभियान सुरु भएको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
21 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
