जनता मावि धबौलीका प्रधानाध्यापकको कार्यकक्षमा भोटे ताल्चा प्रअ गोहिबारले ८ वर्षदेखि अडिट गराएको छैन–मेयर दिनेश प्र.यदव

कमल साह
जनकपुरधाम,फागनु १२ गते । धबौली जनता माविका प्रधानाध्यापक श्री प्रसाद गोहिवारको कार्यकक्षमा भोटे ताल्चा लगाएको भएपनि विद्यालयमा पठन पाठन भईरहेको छ ।
अभिभावक वर्गले १५ दिन भित्र विद्यालयका आर्थिक हरहिसाब सार्वजनिक गर्न दिएको अल्टिमेटमलाई प्रधान अध्यापक गोहिवार कुनै वास्ता नगरिदा नै माघ ५ गतेदेखि प्रअको कार्यालयमा ताल्चा लगाएको छ। अभिभावक वर्गले विद्यालयको कार्यालयमा ताल्चा लगाए पछि त्यहाँ कार्यरत शिक्षकहरुले अर्कै रजिष्टर कायम गरि पठन पाठन गराउँदै आएका छन ।
शहिदनगर नगरपालिका वडा नं. ७ धबौलीमा संचालित विद्यालयमा पुग्दा प्रधान अध्यापकको समर्थनमा एक जना पनि शिक्षकलाई हेर्न पाएनौ । यसले यो प्रष्ट हुन्छ कि प्रअ गोहिवारमै गडबरी रहेको छ ।
धबौली गाउँका व्यक्तिहरुको सहयोगमा २०१९ साल फागुन १९ गते विद्यालयको स्थापना भएको थियो । गाउँका तीन असामीले विद्यालय संचालनको लागि बढी भन्दा बढी दान दातव्य गरेको थिए । विद्यालय स्थापनाका लागि बढी भन्दा बढी जग्गा दान गर्ने ति तीन जनाको नाममा विद्यालयको नामाकरण भएको थियो । जो अचेलसम्म रहेको छ ।
सूर्यनाराण सिंह नवैतलाल अरगरिया रामलाल जनता उच्च मा.वि.प्रअ गोहिवार ले रकम हिनामिना गर्दै आएको भन्दै विद्यार्थी र अभिभावकवर्ग आन्दोलन गर्दैछन ।
अभिभावकहरुले वडा कार्यालयबाट विद्यार्थीलाई पोशाक वितरण गर्नका लागि छुट्याइएको १ लाख, प्राविधिकतर्फ कक्षा ९ देखि १२ सम्म सञ्चालित प्रयोगशालाको सामान खरिद वापत प्रदेश सरकारले दिएको १५ लाख रुपैयाँमा भ्रष्टाचार गरेको आरोप लगाउँदै छन्।
उनिहरुले विद्यालयका लागि आएको ८० लाख बजेट प्रधानाध्यापककै गैरजिम्मेवारीले फ्रिज भएको, विद्यालयको ल्यापटप र कम्प्युटर व्यक्तिगत प्रयोग गर्दै आएको आरोप लगाउँदै छन ।
एसएन उच्चमाविमा २१ जना शिक्षक शिक्षिका रहेका छन । तर, प्रअ गोहिवारको पक्षमा एक जना पनि नरहेको देखिन्छ ।
विद्यालयमा पुग्दा शिक्षक अशोक कुमार यादवले प्रअ को कारण यहाँ कार्यरत शिक्षकहरु मार्कामा पर्न गएको बताउनु भयो । उहाँले प्रअ गोहिवारले आफ्नो नैतिक जिम्मेवारी बहन गर्न नसकेको ले नै शिक्षकहरुको सासु कर रोकेर राखेको बाट स्पष्ट हुन्छ । उहाँले हामी ताकेता गर्दा पछि १२ जना शिक्षकको १८ महिनाको सासु कर नागरिक लगानी कोषमा जम्मा भएको बताउनु भयो ।
शिक्षक देवेन्द्र यादवले २०७४ सालको स्थानिय निर्वाचन पछि विद्यालय व्यवस्थापन समिति वडा अध्यक्षलाई दिएको थियो बताउँदै यस वडाका वडाध्यक्ष मनोज साहले विद्यालय प्रति कुनै चासो नलिइदा समस्याहरु एक पछि अर्को उत्पन्न हुँदै आएको थप्नुभयो ।
नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीलाई खाजा खुवाउने कार्यक्रमको लागि रकम बाँडदै आएको हो । तर, विद्यालयमा कहिल्ये काहिं खाजा खुवाउदै आएको आरोप शिक्षक देवेन्द्र यादव ले लगाउनु भयो ।
शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादव ले धबौली विद्यालयका प्रअको कारण त्यहा धेरै गल्ती कार्यहरु भएको हो आरोप लगाउनु हुन्छ ।
विद्यालयका प्रअ ठिक रहथ्यो भने त्यहाँ कार्यरत शिक्षकहरु एकै चौटी सबै बिपक्षमा नरहने मेयर यादवले बताउनु भयो ।
उहाँले एसएन उच्च माविको ८–९ वर्षदेखि किन अडिट भएको छैन बताउँदै प्रधान अध्यापक गोहिवार यस सम्बन्धमा किन उत्तरदायि हुन नसकेको थप्नुभयो ।
धबौली का विद्यार्थी, अभिभावक लगायतले लगाउदै आएको आरोप सम्बन्धमा प्रधान अध्यापक श्री प्रसाद गोहिवार संग बुझन खोज्दा उहाँ मोबाईलमा सम्पर्कमा आउन सकेको छैन ।
उत्ता,प्रधान अध्यापक गोहिवार ले विद्यालय व्यवस्थापन समिति गठन भएपछि सब थोक सरल हुने बताउनु भयो । उहाँले मलाई देख्न नचाहनेहरुले कुरालाई लम्बयाउँदै आएको थप्नुभयो ।
कमेन्ट गर्नुहोस्

नेपालको विकासमा छिमेकी राष्ट्रहरूको महत्वपूर्ण योगदान ..
कमल साह,जेठ २२ गते । जनकपुरधाम । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको विकासमा हाम्रा दुई छ..
5 दिन पहिले
हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु
मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..
1 महीना पहिले
खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..
धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..
1 महीना पहिले
पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
2 महीना पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..
2 महीना पहिले
संवाददाता
संवाददाता

