+977 9854027065 | akulpdsah@gmail.com

मिटरब्याजी पिडितको पैदल यात्राको तेस्रो दिन हरिवनमा

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

909 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, चैत्र ३ गते । आन्दोलन गर्न काठमाण्डौँसम्म पैदल हिँडेका मिटरब्याजी पीडितले शनिवार दिउँसो सर्लाहीको हरिवनमा प्रदर्शन गरेका छन् ।
पूर्वबाट पैदलहिँड्दै यहाँ आइपुगेका मिटरब्याजविरुद्ध पीडितको मार्च अभियान हरिवनबाट अघि बढेको हो । मिटरब्याज विरुद्धको संघर्ष समिति नेपालले अस्ति (फागुन–२) गते महोत्तरीको बर्दिवासबाट पैदलयात्रा सुरु गरेको हो ।
झण्डै २ सातासम्म हिँडेरै पीडितहरु काठमाण्डौँ पुगी त्यहाँ आन्दोलन गर्ने तयारी गरेका छन् । पैदल यात्रामा सप्तरी, सिरहा,धनुषा, र महोत्तरीका करिव सयजनाको संख्यामा मिटरब्याजी पिडितहरु रहेका छन् । यात्रामा अन्य जिल्लाका पिडितहरु थपिदै जाने पैदल यात्राको अगुवाइ गरिरहेका राम रिझन यादवले जानकारी दिए ।
हरिवनमा आइपुग्दा चार महिने दुधे बालक सहित बृद्धबृद्धा महिला बिधार्थी देखिन्थे । यात्रामा धनुषा सबैला नगरपालिका १२ कि कल्पना धामी आफ्नो चार महिनाको छोरी काखमा च्यापेर यात्रामा सहभागी छिन् । उनले गहभरी आँसु झार्दै भनिन् साहुले सबै सम्पती खाइदियो, गाउँमा न्याय पाइएन, काठमाण्डौ पाइन्छकि भनेर उतै जादैछु । यस्तै सिरहा मिर्चैया नगरपालिका ६ कि स्वस्तिमा पाठशालामा कक्षा ५मा पढ्दै गरेकी गरिमा राय पनि यात्रामा सहभागी छिन् । उनले स्कुल जान छोडेको छ महिना भएको बताइन् । गरिमाको अभिभावकले स्थानिय साहु महाजनसंग दुइलाख लिएकोमा १६ लाख चुक्ता गरी सकेको र अझ १६ लाख मागी रहेको बताए । हामीले भनेको समयमा पैसा नदिए स्कुल जाने बाटोबाट छोरी गायब बनाइ दिने भनि साहुले बुवा आमालाइ धम्क्याइ रहन्छ, त्यहि डरले मलाइ आमावुवाले स्कुल जान नदिएको गरिमाले रुदै भनिन् । उनले भनिन् जस्तो सुकै दुख भएपनि न्याय पाउने आशा बोकेर पैदल यात्रा गर्दै काठमाण्डौ जादै छु ।
साहुमहाजनबाट लिएको मिटरब्याजको ऋणले उठिवास नै लाग्ने अवस्था भएपछि पीडितहरुले जिल्लामा आन्दोलन गरेर थाकी संघीय राजधानी काठमाण्डौँ हिँडेका हुन् ।
यता हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले हरिवन आइपुगेका मिटरब्याजी पिडितको कार्यक्रमलाइ सम्बोधन गर्दै तराईमा साहु महाजनले कपाली तमसुक बनाई थोरै पैसाको ऋण दिने तर धेरैको कागज बनाउने, ऋण चुक्ता गरिसक्दा पनि अझ धेरैको कागज देखाउने, भन्नेबित्तिकै पैसा नदिएपछि घर जग्गा नै रोक्का गर्ने, अदालतमा मुद्दा हाल्ने जस्ता अन्याय गर्दै आइरहेको बताएका छन् । चाँडो भन्दा चाँडो सरकारले यस्ता मिटरब्याजीलाइ कार्वाही गरि पिडितलाइ न्याय दिनु पर्ने बताए । प्रमुख बुढाथोकीले पैदल यात्रामा सहभागी बिधार्थी गरिमाको अवस्था देखेर आफुलाइ भावुक बनाएको बताए । उनले गरिमाले चाहे कान्छी छोरी बनाएर पठनपाठन र लालनपोषणको जिम्मा समेत लिने बताए ।
यस्तै नेपाल तामाङ घेदुङ संघ सर्लाहीले मिटरब्याजी पिडितका लागि पाँच थान ब्ल्याङ्केट पाँच थान गुन्द्री सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

5 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

25 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले