रौतहटको प्रेस मंचको अध्यक्षमा पुनः किशोरी यादव
रश्मि पटेल, रौतहट
रौतहट, चैत्र १३ गते । प्रेस मंच नेपालको पहिलो जिल्ला अधिवेशन रौतहटको सदरमुकाम गौरमा सोमबारका दिन सम्पन्न भएको छ ।
सदरमुकाम गौर स्थित रहेको जिल्ला बार एसोसिएसनको सभा हलमा जनता समाजवादी पार्टी नेपालका छाता संगठन प्रेस मंच नेपाल रौतहटको प्रथम अधिवेशन मंचका केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ रौतहट संस्थापक पत्रकार रबिन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा भएको थियो ।
प्रेस मंच नेपाल जिल्ला कार्यसमिति रौतहटले आयोजन गरेको अधिवेशनबाट किशोरी यादव अध्यक्ष सहित १५ सदस्यीय समिति चयन भएको हो ।
अधिवेशनबाट नव निर्वाचित जिल्ला कार्यसमितिको अध्यक्ष– किशोरी यादव ,उपाध्यक्ष –( रश्मी पटेल ,अरविन्द कुमार यादव,ओम प्रकाश यादव,राजनारायण पटेल उर्फ आर.एन),सचिव–चन्दन कुमार महतो, सह सचिव– श्रीकान्त यादव, दिपक कुमार , कोषाध्यक्ष–प्रेम यादव र क्रमिक सदस्यहरु–भुषन सिंह, प्रियंका सिंह, प्रदिप यादव, जितन हलचल, राजन साह, हनुमत यादव छन्।

प्रेस मंच नेपाल रौतहटका नवनिर्वाचित जिल्ला कार्यसमिति चयन कार्यक्रममा विशिष्ट अतिथि जनता समाजवादी पार्टी नेपाल केन्द्रीय सदस्य पुर्व माननीय रामकिशोर यादव,केन्द्रिय सदस्य पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव,केन्द्रीय सदस्य एवं मधेश प्रदेश सदस्य माननीय शोभा देवी साह, केन्द्रीय सल्लाहकार राघो राय यादव, जसपा रौतहट अध्यक्ष श्याम हारी यादव, प्रेम मंच नेपाल मधेस प्रदेश समिती अध्यक्ष अमरेन्द्र यादव, महा सचिव बंदना झा, जसपा मधेस प्रदेश समिति सदस्य अध्यक्ष मोहम्मद अनवर हाश्मी ,संघिय शिक्षक फोरम नेपाल रौतहट अध्यक्ष कामेश्वर यादव समेतले सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरुको उन्नति प्रगतिको कामना गर्दै सफल कार्यकालको बधाई शुभकामना ज्ञापन गरेका थिए ।
चैत्र १३ गते सोमबारका दिन प्रेस मंच नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन भेला अध्यक्ष किशोरी यादवको अध्यक्षतामा मंचआवद्ध पत्रकार र अन्य प्रेस संगठनका अध्यक्ष ,प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
5 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
25 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
