दुधको खोवा बनाउदै गुजारा चलाउदै नौरगिंयाका पशुकृषक

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, चैत्र २४ गते । कपिलवस्तुको बिजयनगर गाउँपालिकाको वडा नं ५ नौरगिंया र डालपुरमा ब्यवसायिक रुपमा दुधको खोवा बनाउदै अधिकांश स्थानियहरुले आफ्नो जिबिकोपार्जन गर्दै आएका छन ।
एउटै घरमा १० देखी ३० भैसी सम्म पाल्दै आएका स्थानियले दुधको परिकारबाट खोवा बनाउदै बिक्री वितरण गर्दै आएका छन । भने केही स्थानियले यिनै खोवा बनाउने भट्टामा दुध बिक्रि गर्दै आएका छन । यसले गर्दा यहाका स्थानियले दुध आफैनै गाउँ वरपर बिक्री गर्ने गरेका छन ।
तर बजार भाउ भने निकै कम रहेको छ । जिल्लाका मूख्य बजारमा ८० रुपैया प्रतिलिटर सम्म दुध बिक्री हुन्छ भने गाउमा भने ५० देखी ६० रुपैया सम्म बिक्री हुदै आएको छ ।
यस्तै गाउँमा उत्पादन भएको खोवा स्थानियले बहादुरगञ्ज , कृष्णनगर ,महाराजगञ्ज, तौलिहवा सम्म बेच्दै आएका छन । यसबाट आफनो दैनिक गुजारा चलाउन सजिलो भएको राजु यादबले बताउनुभयो । प्रतिकेजी ५ सय देखी ५५० रूपया सम्म खोवाको मूल्य रहेको छ ।
यसको बजारीकरणको भने समस्या रहेको स्थानियले बताएका छन । यसका लागि पालिका स्तरमै बिक्री हुने खालको बजार हुनुपर्ने उनीहरुको माग रहेको छ । खोवा बनाउने क्रममा धेरै दाउरा चाहिने भएकोले दाउराको ब्यवस्था गर्न पनि समस्या हुने गरेको स्थानिय कृषक मुकेश अहिरले बताउनुभएको छ ।
यस गाउँमा लुम्बिनी प्रदेश सरकारले भैसी श्रोत केन्द्र कार्यक्रम सञ्चालन गरेपछि भैसी पालनतर्फ झन कृषक आकर्षित भएका छन । यस गाउँमा ८० घरधुरीमा मात्र ९ सय ५० वटा भैसी पालन हुदै आएको छ ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
11 घन्टा पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
11 घन्टा पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
12 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
12 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
12 दिन पहिले
संवाददाता

