कपिलवस्तुमा आगलागी, २६ वटा घर र टहराहरु क्षतिग्रस्त

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, वैशाख ७ गते । कपिलवस्तुमा दैनिक आगलागीका घटना हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा चलेपछि आग लागीका घटना समेत बढेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ ।
बिहीबार विजयनगर गाउँपालिका – ५ सिसवामा आगलागी हुँदा २६ घर गोठमा क्षति भएको छ । बिहान ११ बजेदेखि भएको आगलागीमा १ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीको ३ घण्टापछि नियन्त्रणमा आएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल स्थानीय र शिवराज र कृष्णनगर नगरपालिकाको वारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा परी फुसको घर ८ , गोठ ११, फुसको भन्साघर ४ मा पूर्ण क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण रानामगरले बताउनुभयो । दुई पक्की घरमा समेत क्षति भएको छ । आगलागीले खाद्यान्न , लत्ता कपडा, लगायतका सामग्री जलेर नष्ट भएको छ । आगलागी प्रभावित घर परिवारलाई तत्काल खाद्यान्न, लत्ता कपडा राहत स्वरूप प्रदान गर्ने विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । आगलागीमा पशु चौपाया र धनमाल नष्ट भएका छन् ।
कमेन्ट गर्नुहोस्

सेतो अण्डा ९६ क्यारेट नष्ट
मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्र..
2 घन्टा पहिले
कानु समाज नेपालको जनकपुर नगर कमिटी र युवा मंच गठन
कमल साहजनकपुरधाम,चैत्र १५ गते । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगर पालिका..
3 घन्टा पहिले
श्री ५ हरू के अर्थमा श्री ३ थिएनन् ? र, श्री ३ हरू के मानेमा ..
कमल साहजनकपुरधाम, चैत १५ गते । मैले हिजो गिरिजा बाबुको स्मृति दिवसको मौकामा यो पोष्ट गरिन, अरूहरूका पोष्टको अध्यय..
3 घन्टा पहिले
जनकपुरधाम ३ का वडाध्यक्ष साह कोे मनपर्दी
कमल साहजनकपुरधाम, चैत ७ गते । जनकपुरधाम उपमहानगरपालिका –३ का वडाध्यक्ष दिपेन्द्र साह कोे मनपर्दी यतिखेर पालिका..
3 घन्टा पहिले
मानव अधिकारवादीको होली मिलन समारोहमा होलीका विकृतिहरु ..
कमल साहजनकपुरधाम,चैत्र ५ गते । मानवअधिकारवादीहरुको संजालमा लोक पर्व होलीमा देखिएको विकृतिहरु वारेमा चर्चा पाएक..
3 घन्टा पहिले
संवाददाता

