गुठीको सम्पति हिनामिना गर्ने गुठीका कर्मचारी र महन्त पुजारीहरु– बीरगंज महानगरपालिका प्रमुख सिंह
22 दिन पहिले प्रकाशित
Akul Prasad Sah

कमल साह
जनकपुरधाम, वैशाख २४ गते । गुठीको सम्पति हिनामिना गर्ने गुठीका दानपानी खाने कर्मचारी र महन्त पुजारीहरु रहेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आरोप लगाएका छन ।
गुठी संस्थान केन्द्रीय कार्यालयले आइतबार जनकपुरधाममा आयोजना गरेको गुठीको संस्कृति र सम्पदा संरक्षण सम्बन्धी अन्तरक्रिया उक्त कुरा बीरगंजका मेयर राजेशमान सिंहले आरोप लागाउनु भयो ।
मयेर सिंह ले धार्मिक सम्पतिलाई सुरक्षा गर्न खोज्दा त्यसमा गुठीले साथ दिनुपर्ने कार्य नगरेको आरोप समेत लगाउनु भयो । उहाँले गुठीको जग्गाहरु अतिक्रमण गराउनको लागि गुठीको दानापानी खाने हाकिमहरु नै दलालहरुको प्रलोभनमा आएर उनिहरुको लाई भलो हुने कार्यहरु गर्दै आएको आरोप समेत लगाउनु भयो ।
बीरगंजका मेयर सिंहले लगाउनु भएको आरोप कहिं नकहिं सहि रहेको सो अन्तरक्रियामा सहभागिले बताउनु भयो ।
गुठी संस्थान केन्द्रिय कार्यालय ले गुठीको श्रीसम्पति विक्री गरेर रजाई गर्नको लागि यो भन्दा पहिले पनि यस्तै कार्यक्रम गरेको थियो । तर, त्यो बेलाका वृहत्तर जनकपुर विकास क्षेत्र परिषदका अध्यक्ष रामकुमार शर्माले विचर प्रस्तुत गर्दा त्यसै रुक्न गएको थियो ।
वृहत्तर जनकपुर विकास क्षेत्र परिषदका अध्यक्ष शर्माले गुठीको संस्कृति संरक्षणको लागि गुठीको जग्गामा भईरहेको अतिक्रमण हटाउनु पर्ने विचार व्यक्त गर्दा गुठीको सम्पति मास्ने हाकीमहरु उल्टै खुट्टा फर्केको थिए ।
जनकपुरधाम उपमहानगरपालिका– २३ नेपाली काँग्रेसका क्रियाशिल सदस्य केवल शर्मा बताउनु हुन्छ,‘ जनकपुरधाम उपमहानगरपालिका– २३ का वडा अध्यक्ष राघवेन्द्र साह ले बेलाकुटीको अतिक्रमण रोक्न खोज्दा गुठी कार्यालय जनकपुरले सहयोग गरेको छैन ।’ बरु उल्टै बेलाकुटीको जमिन अतिक्रमण गर्नेहरुको पक्षमा गुठी प्रमुख लागेको आरोप लगाउनु भयो ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव ले गुठीको संस्कृति र सम्पदा संरक्षणका लागि मन्दिरको ५ वर्षे महन्त नियुक्तिको प्रक्रियालाई खारेज गर्नुपर्ने सुझाव दिनु भएको छ । उहाँले महन्तको नियुक्तिको स्थायी व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँ भन्नुहुन्छ,‘नेताको पाँच वर्षे कार्यकालले देशमा अनेक विकृत्ति आएको हो ।’ त्यसरी नै महन्तको नियुक्ति हुँदा मठमन्दिर र गुठीको सम्पदा मासिएको उहाँले बताउनु भयो ।
महंथ दास ले गुठी संस्थानसित सम्पूर्ण जग्गाको लगत रहेको ले त्यस अनुसारको जग्गा खोज्न समस्या नहुने उल्लेख गर्नुभयो ।
उहाँले जनकपुरधाममा रहेको जिल्ला प्रशासन कार्यालय, वन, जिल्ला समन्वय समिति, चरण परीक्षण, पशु कार्यालय, जिल्ला प्रहरी, मालपोत र नापी लगायतका सरकारी अडाहरु नै गुठीको जग्गामा रहेका छन् ।
प्रमुख जिल्ला अधिकारीले निवास बनाउँदा २ वटा मन्दिरलाई भत्काएर महन्तलाई भगाएको उल्लेख गर्दै उहाँले भन्नु भयो,‘दुबै मन्दिरको भगवान पोखरीमा फालिएको छ । जनकपुरधाममा ४० वटा मन्दिर लुप्त भइसकेका छन् । केही भगवानका मूर्ति बेचिएको, केही चोरी भएको र केही पोखरीमा फालिएकोछ । गुठी संस्थानले ती सबैको खोजी गर्नु आवश्यक छ ।
गुठीको ऐन बन्ने क्रममा रहेकाले संस्कृति र सम्पदा संरक्षणका लागि स्थानीय प्रशासनको सहयोग आवश्यक रहेको गुठी संस्थान काठमाण्डुका कार्यालयका प्रमुख राजेन्द्र दाहालले सो कार्यक्रममा बताउनु भयो ।
त्यस कार्यक्रमका सहभागीहरुले व्यक्तिको भोगचलनमा रहेका गुठीको जग्गाको चलनचल्ती अनुसार मुल्यांकन गरी मोल लिएर लालपुर्जा बनाइदिने, अतिक्रमणको क्रममा रहेका जग्गाहरुको संरक्षणका लागि लिजमा दिनुपर्नेलगायतका सुझावहरु दिएका छन ।
सो कार्यक्रममा गुठीको जमिनमा घर बनाउनेहरुको बढी सहभागित रहेको बताईयो ।
अन्तरक्रियामा प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुर, गुठी संस्थानका अध्यक्ष, प्रशासक किरण शाक्यलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
आम जनता पार्टी सर्लाहीको इन्चार्जमा रानाभाट
सन्जु कर्ण, सर्लाही, सर्लाही, जेष्ठ १२ गते । प्रभु साह नेतृत्वको आम जनता पार्टी सर्लाहीको जिल्ला इन्चार्जमा दीपक क..
22 दिन पहिले
सदगुरु, समाजवाद र प्रचण्ड
एउटा प्रसंगमा नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष तथा वर्तमान सरकारका प्रधानमन्त्री पुष्पमकमल दाहालले खाली समय..
22 दिन पहिले
क्यान्सर रोगको उपचार होमियो पैथ पद्धतिमा फेला प¥यो
कमल साहजनकपुरधाम, जेष्ठ ९ गते । क्यान्सर रोग को उपचार होमियो पैथ पद्धतिमा पनि फेला परेको छ । होमियो पैथी चिकित्सक ..
22 दिन पहिले
आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले कपिलवस्तुका उखु कि..
प्रिंन्स मिश्रा, कपिलवस्तुकपिलवस्तु, जेष्ठ ६ गते । कपिलवस्तुका कृषक उखु बेचेको पैसा खोज्न काठमाडौं पुगेका छन । श..
22 दिन पहिले
हिन्दु महिलाहरु बटसावित्री पर्व मनाइदै
कमल साहजनकपुरधाम,जेष्ठ ५ गते । हिन्दु नरनारीले शुक्रबार पतिको दीर्घायु तथा सफल दाम्पत्य जीवनको लागि बट सावित्री ..
22 दिन पहिले
कमेन्ट गर्नुहोस्