+977 9854027065 | akulpdsah@gmail.com

दुधको खोवा बनाएरा गुजारा चलाउदै नौरगिंयाका पशुकृषक

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

690 Views

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, बैशाख २९ गते । कपिलवस्तुको बिजयनगर गाउँपालिकाको वडा नं ५ नौरगिंया र डालपुरमा ब्यवसायिक रुपमा दुधको खोवा बनाउदै अधिकांश स्थानियहरुले आफ्नो जिबिकोपार्जन गर्दै आएका छन ।
एउटै घरमा १० देखी ३० भैसी सम्म पाल्दै आएका स्थानियले दुधको परिकारबाट खोवा बनाउदै बिक्री वितरण गर्दै आएका छन । भने केही स्थानियले यिनै खोवा बनाउने भट्टामा दुध बिक्रि गर्दै आएका छन । यसले गर्दा यहाका स्थानियले दुध आफैनै गाउँ वरपर बिक्री गर्ने गरेका छन ।
तर बजार भाउ भने निकै कम रहेको छ । जिल्लाका मूख्य बजारमा ८० रुपैया प्रतिलिटर सम्म दुध बिक्री हुन्छ भने गाउमा भने ५० देखी ६० रुपैया सम्म बिक्री हुदै आएको छ । यस्तै गाउँमा उत्पादन भएको खोवा स्थानियले बहादुरगञ्ज , कृष्णनगर ,महाराजगञ्ज, तौलिहवा सम्म बेच्दै आएका छन ।
यसबाट आफनो दैनिक गुजारा चलाउन सजिलो भएको राजु यादबले बताउनुभयो । प्रतिकेजी ५ सय देखी ५५० रूपया सम्म खोवाको मूल्य रहेको छ । यसको बजारीकरणको भने समस्या रहेको स्थानियले बताएका छन । यसका लागि पालिका स्तरमै बिक्री हुने खालको बजार हुनुपर्ने उनीहरुको माग रहेको छ ।
खोवा बनाउने क्रममा धेरै दाउरा चाहिने भएकोले दाउराको ब्यवस्था गर्न पनि समस्या हुने गरेको स्थानिय कृषक मुकेश अहिरले बताउनुभएको छ । यस गाउँमा लुम्बिनी प्रदेश सरकारले भैसी श्रोत केन्द्र कार्यक्रम सञ्चालन गरेपछि भैसी पालनतर्फ झन कृषक आकर्षित भएका छन । यस गाउँमा ८० घरधुरीमा मात्र ९ सय ५० वटा भैसी पालन हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

2 दिन पहिले

रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..

भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..

4 दिन पहिले

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

4 महीना पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

4 महीना पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

4 महीना पहिले