+977 9854027065 | akulpdsah@gmail.com

एकिकृत सरकारी कर्मचारी सँगठनको प्रथम अधिवेशन र प्रदेश कार्यसमिति चयन

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

962 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, जेष्ठ ६ गते । एकिकृत सरकारी कर्मचारी सँगठन नेपालको प्रथम अधिवेशन जनकपुरधाम सम्पन भएका छन् । एकिकृत सरकारी कर्मचारी सँगठन नेपालको प्रथम अधिवेशनको प्रमुख अतिथि मान्य रत्नेश्वर लाल गोईत रहनु भएको थियो ।


सो कार्यक्रम को अध्यक्षता एकिकृत सरकारी कर्मचारी सँगठन नेपालको जय कान्त झा ले गनुभएको थियो । यस कार्यक्रम मा मधेश प्रदेशका आठौ जिल्लाबाट एकिकृत सरकारी कर्मचारी सँगठनका कर्मचारीहरु उपस्थिती भएका छन् । यस कार्यक्रममा बिभिन्न वक्ताहरुले आफनो धारणा र सुझावहरु राखनु भएको थियो ।


एकिकृत सरकारी कर्मचारी सँगठन नेपालको नयाँ प्रदेश कार्यसमिति मा सर्वसहमतीले २४ जनाको प्रदेश कार्यसमिति चयन गर्नु भएका छन् ।
एकिकृत सरकारी कर्मचारी सँगठन नेपालको नयाँ प्रदेश कार्यसमितिमा अध्यक्ष पदमा तुलाकृष्ण गोईत, उपाध्यक्षमा निरेन्द्र कुमार चौधरी, रमेश प्रशाद यादब, सुशिला कुमारी सिंह, महासचिबमा सुरेश कुमार रोहिता, सचिबमा मनोहर मुखिया, चन्द्र भुषण साह, रेणु यादब, कोषाध्यक्षमा नवनित कुमार झा, सदस्यहरुमा विरेन्द्र प्रसाद साह, अनिता कुमारी महतो, सरोज कुमार साह, धर्मेन्द्र कुमार गोईत, बसन्त कुमार झा, मनोज कुमार साह, श्याम मण्डल, सुरेश कुमार यादब, रातु राय यादब, लाख्य गोईत, प्रमोद कुमार मण्डल, सत्यनारायण पंडित, मनोहर कुमार पंडित, चन्द्रदेब शर्मा, दिलिप कुमार यादब, प्रदेश कार्यासमिती चयन भएका छन् ।


शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मधेश प्रदेश कार्य समितिको अधिवेशनबाट अध्यक्षको नेतृत्वमा तुलाकृष्ण गोईत र महासचिब नेतृत्वमा सुरेश कुमार रोहिता ले सम्हालेका छन् ।
सम्पूर्ण सरकारी कर्मचारीहरु एक जुट होऔँ नारा सहित जनकपुरमा भएको मधेश प्रदेश कार्य समितिको प्रथम अधिवेशनबाटसुरेश कुमार रोहितालाई महासचिवको जिम्मेवारी दिएको हो । सर्व सहमतिबाट समपूर्ण नयाँ प्रदेश कार्यसमितिको जिम्मेवारी दिइएका छन् ।


कार्य समितिको निर्णय अनुसार अन्य ५ पद रिक्त रहेको अवस्थामा सँगठनको नियम अनुसार पूर्ति गरिने जनाइएको छ । शनिबार नै नयाँ पदाधिकारीहरुलाई निर्वाचन समितिका सँयोजकबाट सपथ ग्रहण भव्यताका साथ गराइएको हो । सो कार्यक्रमा आठौ जिल्लाबाट ३५० सय भन्दा बढी सरकारी कर्मचारीहरु उपस्थिती रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

4 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

25 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले