युवा जनशक्ति समाज नेपाल पर्साले युवा जागरण अभियान सुरु
रंजित चौरसिया, वीरगंज,
वीरगंज माघ १९ गते । युवा जनशक्ति समाज नेपाल पर्साले युवा जागरण अभियान सुरु गरेको छ ।
समाजको आईतवार कार्यालयको सभाहलमा बसेको बैठकले युवा जागरण अभियानको लागि एक समिति निर्माण गरी कार्य थलानी गर्न कार्यदेश दिएको छ ।
युवा जनशक्ति नेपालका अध्यक्ष बिनेश प्रसाद कुर्मीको सभापतित्वमा बसेको बैठकले युवा जागरण अभियानको लागि प्रदीप ठाकुरको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ । सो कमिटीको सह–संयोजकमा संगीत पाण्डे, सदस्यहरुमा सुभाष चन्द्र गुप्ता, अजय कुमार चौरसिया, श्रवण प्रसाद साह, रंजीत चौरसिया, अफरोज अहमद, करण पटेल, कुन्दन गुप्ता, बिदया सागर, नन्दलाल ठाकुर रहनु भएको छ ।
सो समितिको बरिष्ठ सल्लाहकारमा बिरेन्द्र ठाकुर र शेष मखदुम जहाँगस्त रहनु भएको छ । नव गठित अभियानले समाजमा रहेका कुरिति, बिसंगती लाई हटाउन, युवाहरुलाई सामाजिक कार्यमा लगाउन अभिप्रेरित गर्ने, कुलतमा लागेका, बेरोजगार युवाहरुलाई रोजगारको लागि पहल गर्ने , युवाहरुमा रहेको हरेक समस्या समाधानका लागि पहल गर्ने उदेश्यका साथ सो अभियान सुरु गरेको समाजका अध्यक्ष कुर्मीले जानकारी दिनु भयो ।
सो अवसरमा संस्थाका सचिव जायेद हुसैन, नेहाल अहमद लगायतका पदाधिकारी एवं सदस्यहरुको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
21 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
