आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले कपिलवस्तुका उखु किसान आन्दोलनमा
प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, जेष्ठ ६ गते । कपिलवस्तुका कृषक उखु बेचेको पैसा खोज्न काठमाडौं पुगेका छन । शिवराजको वडा नम्बर ७ जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले केन्द्र सरकारको ध्यानाकर्षण गराउन उखु कृषक काठमाडौं पुगेका हुन् ।
सरकारको ध्यानाकर्षण गराउन ३० जना अगुवा उखु कृषकहरू बुधवार देखि माइतीघरमा धर्नामा बसेका छन् । आठ हजार बढी कृषकहरूले करिब दुई करोड ५० लाख रुपियाँ नपाएको किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताएका छन ।
सरकारले प्रति क्विन्टल उखुको मूल्य चार सय ६१ रुपियाँ निर्धारण गरेको थियो । तर मिल सञ्चालक वीरेन्द्र कुमार कनोडियाले चार सय ३६ रुपियाँ भुक्तानी गरेका थिए । बाँकी रहेको २५ रुपैयाँ अनुदान स्वरूप केन्द्र सरकारबाट पाउने सम्झौता भएको अध्यक्ष चौधरीको दाबी रहेको थियो ।
यस्तै, ०७१÷०७२ पछिका ३ वर्षसम्म सरकारले तोकेको मूल्य पाएका थिएनन् । कृषकले पाउनु पर्ने मूल्य रोकिँदा समस्यामा परेको जवाभारीका कृषक रामलाल कलवारले बताउनुभयो ।
कलवारले भन्नु भयो, “ठुला कृषकको दुई लाख भन्दा धेरै रकम रोकिएको छ । तर पनि राज्यले बेवास्ता गरे जस्तो अनुभव भएको छ । अब किसानको कि लास आउँछ कि पैसा आउँछ । पटकपटक सरकार र मिल सञ्चालकलाई अनुरोध गर्दा पनि सुनुवाइ भएको छैन ।“
सरकारको ध्यानाकर्षण गराउनका लागि कृषकहरू ४७ पटक काठमाडौं धाएको बताउने गरेका छन् । मिल सञ्चालक वीरेन्द्र कुमार कनोडियाले महालक्ष्मी सुगर मिल कपिलवस्तुबाट सर्लाही सारेपछि पैसा पाउने आशा मरेको कृषकहरूले बताउँछन् । पटक पटकको आन्दोलन पछि २०७७ सालमा सरकार सँग अनुदान रकम दिने सम्झौता भएपनि हालसम्म पनि नपाएको कलवारले बताउनुभयो ।
विगतको तुलनामा उखु उत्पादन गर्ने किसानको सङ्ख्या पनि घटेकाले ध्यान दिनुपर्ने अध्यक्ष अनूप चौधरीले बताउछन ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
17 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
27 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
