पुर्व मन्त्रीको उपस्थितीमा लायन्सको सहयोग
सन्जु कर्ण, सर्लाही,
हरिवन, जेष्ठ ३१ गते । सर्लाहीको हरिवनमा एक आगलागी पीडित परिवारलाई लायन्स क्लव काठमाण्डौ सर्लाहीले सहयोग गरेको छ । हरिवन वार्ड नम्वर ६ घुर्कौली स्थित रंजिता कुमारी महतोलाई नगद २० हजार २ सय ५० हस्तान्तरण गरिएको हो । पूर्व रक्षा मन्त्री एवं सर्लाही क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य हरि उप्रेतीको उपस्थितीमा सहयोग प्रदान गरिएको लायन्स क्लवका अध्यक्ष चूडामाणि वाग्लेले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा सदस्य हरि उप्रेती र लायन्सका सदस्यहरुको योगदानवाट पीडित परिवारलाई सहयोग गरिएको हो । प्रतिनिधि सभा सदस्य उप्रेतीले लायन्स क्लवका सदस्यले सहयोगी हात अगाडी वढाएकोमा धन्यवाद दिनुभयो ।

गत जेठ २७ गते विद्युत सर्ट भएर महतोको घर, घर भित्रका सामान र चौपाया समेत क्षती भएको थियो । ४ जनाको परिवार मध्ये महतोका श्रीमान अरुण कुमार वैदेशिक रोजगारीमा हुनुहुन्छ भने दुई जना ससाना छोराछोरी रहेका छन । उहाँको परिवार अहिले आफन्तकोमा आश्रित छ ।
हरिवन क्षेत्रमा क्रियासिल लायन्स क्लव काठमाडौ सर्लाहीले यस पहिले पनि विभिन्न सामाजिक कार्यमा योगदान गरिरहेको छ । अध्यक्ष वाग्लेले लायन्स क्लवले कहिवाट अनुदान प्राप्त नगर्ने भएकाले सदस्यहरुवाट संकलन गरेको रुपैयाले नै सहयोग गर्ने गरिएको जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
4 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
