पुर्व मन्त्रीको उपस्थितीमा लायन्सको सहयोग
सन्जु कर्ण, सर्लाही,
हरिवन, जेष्ठ ३१ गते । सर्लाहीको हरिवनमा एक आगलागी पीडित परिवारलाई लायन्स क्लव काठमाण्डौ सर्लाहीले सहयोग गरेको छ । हरिवन वार्ड नम्वर ६ घुर्कौली स्थित रंजिता कुमारी महतोलाई नगद २० हजार २ सय ५० हस्तान्तरण गरिएको हो । पूर्व रक्षा मन्त्री एवं सर्लाही क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य हरि उप्रेतीको उपस्थितीमा सहयोग प्रदान गरिएको लायन्स क्लवका अध्यक्ष चूडामाणि वाग्लेले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा सदस्य हरि उप्रेती र लायन्सका सदस्यहरुको योगदानवाट पीडित परिवारलाई सहयोग गरिएको हो । प्रतिनिधि सभा सदस्य उप्रेतीले लायन्स क्लवका सदस्यले सहयोगी हात अगाडी वढाएकोमा धन्यवाद दिनुभयो ।

गत जेठ २७ गते विद्युत सर्ट भएर महतोको घर, घर भित्रका सामान र चौपाया समेत क्षती भएको थियो । ४ जनाको परिवार मध्ये महतोका श्रीमान अरुण कुमार वैदेशिक रोजगारीमा हुनुहुन्छ भने दुई जना ससाना छोराछोरी रहेका छन । उहाँको परिवार अहिले आफन्तकोमा आश्रित छ ।
हरिवन क्षेत्रमा क्रियासिल लायन्स क्लव काठमाडौ सर्लाहीले यस पहिले पनि विभिन्न सामाजिक कार्यमा योगदान गरिरहेको छ । अध्यक्ष वाग्लेले लायन्स क्लवले कहिवाट अनुदान प्राप्त नगर्ने भएकाले सदस्यहरुवाट संकलन गरेको रुपैयाले नै सहयोग गर्ने गरिएको जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
18 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
21 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
