+977 9854027065 | akulpdsah@gmail.com

पन्द्रह जनालाई पीडित कार्ड वितरण

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1035 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, माघ २० गते । सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपालले प्रदेश २ का १५ द्वन्द पीडितलाई पीडित कार्ड वितरण गरेका छन् । जनकपुरधाममा मंगलवार आयोजित एक कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले पीडितहरुलाई पीडित कार्ड वितरण गरेका छन् ।
आयोगले मंगलवार जनकपुरधाम उप–महानगरपालिकाका मेयर साहको प्रमुख आतिथ्यमा आयोजना गरेका कार्ड वितरण कार्यक्रममा प्रदेश २ का १५ जनालाई कार्ड वितरण गरिए पनि त्यसमा बढी जनकपुरधाम उप–महानगरपालिकाका पीडित रहेको आयोगका सदस्य डा. गोविन्द गौतमले जानकारी दिए ।
माओवादी द्वन्द कालमा वेपत्ता भएकाहरुको तथ्यांक संकलन गर्न र उनीहरुलाई न्याय दिलाउनकोलागि गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगमा चालु आर्थिक बर्ष सम्ममा ६४ हजार उजुरी परेका छन् । जसमा मधेश तथा अन्य आन्दोलनका पीडितहरुलाई सहभागी गराइएको छैन् । माओवादी द्वन्दकालमा सेना र माओवादी दुवैवाट पीडित भएकाहरुलाई परिपुरक फारम भराई त्यस अनुसारले राहतको व्यवस्था गर्न लागिएको हो ।
सुर्खेत, पोखरा, धादिङ, इलाम, झापा हुँदै मंगलबार जनकपुरधाममा पीडित कार्ड वितरण गरिएको छ । पीडित कार्य पाएपछि सरकारवाट प्रदान गरिने सेवा सुविधाहरु उनीहरु प्राप्त गर्ने छ ।
कार्ड वितरण समारोहलाई सम्वोधन गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले सरकारले बाँड्न थालेको पीडित कार्डले राहत अनुभूति हुने विश्वास व्यक्त गरेका थिए । आयोगले फलामको चना चवाउने कार्य गरेको बताएका थिए । २०५२ साल देखि २०६३ सम्म माओवादी द्वन्द कालमा वेपत्ता पारिएका नागरिकहरुलाई न्याय दिलाउन आयोग सक्षम हुने छाटकाँट नदेखिए पनि अव बल्ल यो कार्यको थालिनी हुनु सुखद पक्ष रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

24 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले