निजी प्राविधिक शिक्षालय महासंघको केन्द्रीय अध्यक्षमा पाण्डेय सर्वसम्मत

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, असार १७ गते । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सि.टि.ई.भी.टी.) अन्तर्गत निजि स्तरमा संचालित शिक्षण सस्थाको छाता संगठन निजि प्राबिधिक शिक्षालय महासङ्घको ८ औं महाधिवेशन सम्पन्न भएको छ । महासंघको राष्ट्रिय अधिवेशनबाट अरुण कुमार पाण्डे सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले शिक्षासेवी पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
१७ सदस्यीय समितिमा बरिस्ठ उपाध्यक्षराम प्रसाद पौडेल, कोशी प्रदेश अध्यक्ष भगवान झा, मधेस प्रदेश अध्यक्ष रामेश्वर नारायण झा, बागमती प्रदेश अध्यक्ष रमेश कुंवर गण्डकी प्रदेश अध्यक्ष चन्दन बाबू खत्री, लुम्बिनी प्रदेश अध्यक्ष त्रिलोचन पौडेल, कर्णाली प्रदेश अध्यक्ष दुर्गा भण्डारी, सुदुर पश्चिम अध्यक्ष किशोर पान्डे रहेका छन् । त्यसैगरी महासचिव भुवन चक्र जोशी, सचीव ध्रुब शर्मा, कोषाध्यक्ष दोर्ण ओलि सदस्यहरु सिन्धु मल्ल, सुनिल घिमिरे, राजेन्द्र शर्मा, अमृत बुढाथोकी धन प्रसाद डि.पि. खनाल रहेका छन् ।
साथै संरक्षकमा संस्थाका सस्थापक अध्यक्ष दुर्गा उप्रेती र सल्लाहकार समितिमा इन्जिनियर शैलेन्द्र मोहन झा, बसन्त राज खनाल, दुर्गा भुषाल, भैरब बोहरा धर्मराज गिरि रहेका छन् ।
महाधिवेशन महासंघको अध्यक्ष बसन्त राज खनालको अध्यक्षताm प्रमुख अतिथि सिटिइभिटी परिषद सदस्य इन्जिनियर शैलेन्द्र मोहन झा तथा विशेष अतिथि फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका अध्यक्ष नेत्र चटौत लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन सचीव भुवन चक्र जोशीको रहेको थियो ।
सर्वसम्मत अध्यक्षमा निर्वाचित पाण्डेले नेपाललाई प्राविधिक शिक्षाको हवको रुपमा विकास गर्ने गरी समितिले काम गर्ने प्रतिक्रिया दिए ।
कमेन्ट गर्नुहोस्

गोर्खा एकेडेमीले मनायो बार्षिकोत्सव
सन्जु कर्ण, सर्लाही, सर्लाही, माघ २५ गते । सर्लाहीको हरिवन वडा नं.८ नारायण चोकमा रहेको गोर्खा एकेडेमीले आफ्नो पाँच..
6 दिन पहिले
डा.राउतको गम्भीर पहल, बल्ल पुग्यो प्रतिष्ठान विधेयक संसद..
कमल साहजनकपुरधाम, माघ १९ गते । सप्तरीको राजविराजमा निर्माणाधीन रामराजा प्रसाद सिंह स्वास्थ्यविज्ञान प्रतिष्ठा..
11 दिन पहिले
महामना राजेश्वर नेपाली अभिनन्दन ग्रन्थको भारतको देवघरम..
कमल साहजनकपुरधाम,माघ १९ गते । प्रेस स्वतन्त्रता सेनानी एवं लोकमत साप्ताहिकका सम्पादक तथा प्रकाशक वरिष्ठ पत्रका..
11 दिन पहिले
गुठी जग्गामा अबैध बनाएका संरचनाहरुलाई बैध बनाउन गुठीबा..
कमल साहजनकपुरधाम,माघ १९ गते । गुठी संस्थानले आफ्नै अधिनमा रहेको जग्गा सुरक्षा गर्न पाईनरहेको ले ऐनमा संशोधन हुनु..
11 दिन पहिले
विवाहको उमेर दुई वर्ष घटाउँदा ‘एनजिओ’हरुको टाउको दुखाई
कमल साहजनकपुरधाम,माघ १९ गते । मधेश प्रदेशले विवाहका उमेर हाल कायम रहेको २० वाट घटाएर १८ मा झार्ने ऐन बनाउन खोज्दा ..
11 दिन पहिले
संवाददाता

