+977 9854027065 | akulpdsah@gmail.com

कहाँ छ अख्तियार ? कहाँ छ सम्पति शुद्धिकरण विभाग ? करोडौं करोडको सम्पत्ति कसरी जोडे लेखा अधिकृत उपेन्द्र यादव ?

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

949 Views

रंजीत चौरसिया,
वीरगंज ७ साउन । यातायात व्यवस्था कार्यालय सवारी शाखामा कार्यारत्त लेखा अधिकृत उपेन्द्र यादवले जागिरको सानै अवधिमा करोडौं करोडको सम्पत्ति जोडे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागको ध्यान नजांदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

रौतहट जिल्ला निवासी अधिकृत यादवले पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा कार्यरत्त रहदां भ्रष्टाचार गर्दै केही खेतिहर जमिन र आलिशान महल जोडन सफल भए । उनी पर्सागढी नगरपालिका वडा नं. ३ बढनिहारमा बनाएको घरको तस्विरमा पलास्टर नभए पनि बिगत केही महिना पहिले पलास्टर पनि गराईसकेका छन् ।
अर्को घर उनी वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वामा बनाउन सफल भएका छन् ।
भ्रष्ट अधिकृत यादवले सानै अवधिमा दुई वटा घर, ग्रामीण भेगमा खेतिहर जमिन र वीरगंजको दुई÷तीन ठाउंमा घडेरीहरु उनी आफ्ना विश्वासपात्र आफ्न्तहरुको नाममा किनेको उनका निकटवर्तीहरु बताउंदछन् । हाल उनी सवारी शाखाको लेखा शाखामा लुटतन्त्र मच्चाउदै आफ्ना सहायकहरु मार्फत सेवाग्रहीहरु संग नगदी रसिद काटने नाउमा रु. ५०÷१०० असुल्ने गर्ने गराउने गरेको भुक्तभोगीहरु बताउंदछन् ।
सो कार्यालयमा जाने सेवाग्रहीहरु बैंकमा राजस्व जम्मा गरी लेखा शाखामा नगदी रसिद कटाउन जांदा बाध्यतावस बैंकको ओसी भौचरमा रुपैया बेरेर दिने गरे पछि मात्र सहायकहरुले नगदी रसिद काटने गरेको बताईन्छ । लेखा शाखामा कार्यरत्त कर्मचारीहरु केही करारमा रहेका छन् भने केही बेतल्बी रहेका छन् ।
यतिमात्र कहां हो र ? नयां सवारी दर्ता, नामसारी र बिमा बिनाको सवारी नविकरण लगायतको कार्यहरुमा लेखा शाखालाई सानो सवारी शाखा, ठुलो सवारी शाखा लगायतकाले सवारी धनीहरुलाई भनि निश्चित रकम दिन लगाउने गरेको सेवाग्रहीहरु बताउंदछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

17 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

27 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले