हरिवन ८ को वडा कार्यालय आफ्नै भवनमा, संघीय सांसदले गरे उद्घाटन
सन्जु कर्ण, सर्लाही,
सर्लाही, आश्विन ३ गते । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ८ ले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको छ ।
हरिवन–८ पुरानो बजारमा भवन निर्माण पूरा भएपछि आज (बुधबार)बाट वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन गर्न थालिएको वडाध्यक्ष प्रज्वल ढुंगानाले जानकारी दिए ।
सर्लाही ३ बाट निर्वाचित सांसद हरिप्रसाद उप्रेतीले बुधबार बिहान हरिवन(८ पुरानो बजरमा आयोजित एक कार्यक्रममा वडा कार्यालयको उद्घाटन गरेका छन् ।
संविधान दिवस तथा हरिवन नगरपालिका स्थापना दिवसको अवसर पारेर वडा कार्यालयले आफ्नै भवनबाट प्रशासनिक कामकाज सुरु गरेको हो ।
कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, उपमेयर हरिमाया घलान, विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
यसअघि हरिवन(८ को वडा कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो ।
झण्डै ३३ लाख रुपैयाँको लागतमा भवन निर्माण पूरा भएको हो । हरिवन नगरपालिकाका केही वडा कार्यालय अझै भाडाकै घरमा सञ्चालन हुँदै आएका छन् ।
आफ्नै कार्यालयबाट सेवा सुरु भएपछि वडाले नागरिकलाई प्रदान गर्ने सेवा सुविधा अझ प्रभावकारी हुने विश्वास वडाध्यक्ष ढुंगानाले व्यक्त गरे ।
कार्यक्रममा कराँते सिक्दै आएका बालबालिकाले काँटा प्रदर्शन गरेका थिए । त्यसैगरी टोल विकास संस्था, विद्यालय व्यवस्थापन समिति, सामुदायिक वन उपभोक्ता समूह लगायतलाई कार्यक्रममा वडा कार्यालयको तर्फबाट हौसला पत्र प्रदान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
18 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
21 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
