+977 9854027065 | akulpdsah@gmail.com

नेपाली काँग्रेस मधेश प्रदेशको पूर्ण बैठक सम्पन्न, पुस ५–६ गते मधेश प्रदेश सम्मेलन धनुषाधाममा हुने

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

610 Views

कमल साह
जनकपुरधाम, मंसिर १३ गते । नेपाली काँग्रेस मधेश प्रदेश कार्य समितिको पूर्ण बैठक प्रादेशिक कार्यालय जनकपुरधाममा मंगलवार बस्यो ।
नेपाली काँग्रेस मधेश प्रदेशको पार्टी कार्यालयमा आज मधेश प्रदेश सभापति एवं मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको अध्यक्षमा पूर्ण बैठक बसेका हुन् ।
नेपाली काँग्रेस मधेश प्रदेश कार्य समितिको पूर्ण बैठकमा चार बुंदे निर्णय गरेर पूर्ण रुपमा पालना गर्दै आजको बैठक सम्पन्न भएको छ । बैठकमा नेपाली काँग्रेस मधेश प्रदेशको प्रदेश सम्मेलन यहि पुस ५ र ६ गते धनुषाधाम स्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा गर्ने तथा त्यसको प्रमुख अतिथिमा पार्टी सभापति एवं पूवं प्रधानमन्त्री शेर बहादुर देउवालाई आमन्त्रण गर्ने निर्णय गरियो ।
मधेश प्रदेश सम्मेलन लाई भव्यताका साथ सम्पन्न गराउन र सफल बनाउन आवश्यक अनुसारको उप समितिहरु कार्यसम्पादन समिति गठन गर्ने । मधेश प्रदेश सम्मेलनमा राजनितिक साँगठनिक–आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसमितिहरु गठन गर्ने । वडा तहदेखि जिल्ला सम्म सम्मेलन गर्न बाकी रहेको तहहरुलाई सम्मेलन सम्पन्न गर्न र प्रदेश सम्मेलन प्रतिनिधि छनोट गरी जानकारी गराउन परिपत्र गर्ने निर्णय गरिएको नेपाल काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

16 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

27 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले