नेपाली कांग्रेस मधेस प्रदेशले प्रदेश स्तरीय सम्मेलन सफल बनाउन बनाए विभिन्न उप समिती
कमल साह
जनकपुरधाम,मंसिर २२ गते । पौष ५ र ६ गते नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा हुने प्रथम प्रदेश सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ ।
नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिको सभापति कृष्ण प्रसाद यादवको सभापतित्वमा सम्पन्न बैठकले मधेस स्तरीय सम्मेलन पार्न विभिन्न उपसमिति गठन गरिएका छन ।
धनुषा स्थित पार्टी कार्यालमा बिहिवार सम्पन्न बैठकले अगामी पौष ५ र ६ गते नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा हुने प्रथम प्रदेश सम्मेलन लाई भव्यताका साथ सम्पन्न गर्न उपसमितिहरु गठन गर्ने निणर्य गरिएको छ ।
सो सम्मेलनकरु मुल आयोजक समितिका संयोजक– नेपाली कांग्रेस मधेश प्रदेशका प्रदेश सभापती रहेका छन । सदस्य– पदाधिकारीहरु,नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति सदस्य,नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय सभापती,मधेश प्रदेश नगरपालिका महासंघ अध्यक्ष सदस्य र मधेश प्रदेश गाउँपालिका महासंघका अध्यक्ष सदस्य मधेश प्रदेशका भातृ÷शुभेच्छुक संघ संस्थाका प्रमुख सदस्यहरु लगायतको उपस्थिति रहने छ ।
त्यस्तै अर्थ समितिका संयोजक प्रदीप कुमार यादव, कोषाध्यक्ष,सहमहामन्त्री जय नारायण प्रसाद यादव तथा सदस्यमा ममता महतो,सितल प्रसाद यादव,रामबाबु साहलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै आर्थिक व्यवस्थापन समितिका संयोजक– मा.नागेन्द्र प्रसाद साह तथा सदस्य बिन्दु कुमारी यादव (सहमहामन्त्री), मा.शेष नारायण यादव (प्रदेश सदस्य),नितेश कुमार गुप्ता (प्रचार विभाग प्रमुख),पाण्डव मण्डल (प्रदेश सदस्य),सुनिल ठाकुर (प्रदेश सदस्य),सोनी बोम्जन (प्रदेश सदस्य), राजेश गिरी (प्रदेश सदस्य) र जवाहर यादव (गाउँपालिका महासंघ अध्यक्ष) लाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक– मा.शेष नारायण यादव तथा सदस्यमा जिवनाथ चौधरी,सुरेश प्रसाद यादव, राजकिशोर यादव र ललित साह,सुधीर किशोर यादवलाई जिम्मेवारी दिइएको छ भने मंच व्यवस्थापन समितिका संयोजक बजरंग यादव लगायत सदस्यमा शर्मिला थापा,भावना ढुंगेल,अंजु झा ,राकेश बिक्रम साह,शिव शंकर गोइत(साधु) र सुरेश ठाकुरलाई जिम्मेवारी दिइएको छ ।
प्रचार प्रसार समितिका संयोजक नितेश कुमार गुप्ता र सदस्य– सुचना संचार तथा प्रचार प्रसार विभाग सदस्यहरु पनि जिम्मेवारी दिइएको छ ।
स्वयम सेवक परिचालन समितिका संयोजक– सुर्य बहादुर थापा ( भातृ संघ समन्वय विभाग प्रमुख) लाई स्वयम सेवक परिचालन गर्ने जिम्मेवारी दिइएको छ ।
सो बैठक पौष ५ र ६ गते हुने प्रथम नेपाली कांग्रेस मधेश प्रदेश सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक÷सांगठनीक प्रस्ताव एवं महामन्त्रीको प्रतिवेदन तर्जुमा गर्न महामन्त्री वृहस्पती कृष्ण श्रेष्ठलाई जिम्मेवारी दिने सर्वसहमतीबाट निणर्य गरिएको छ ।
त्यस्तै आर्थिक प्रतिवेदन तर्जुमा गर्न प्रदेश कोषाध्यक्ष प्रदिप कुमार यादवको संयोजकत्वमा समिति गठन गर्ने निणर्य गरिएको मुख्यसचिव सन्तु प्रसाद यादबले विज्ञप्ती जारी बताउनु भएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
4 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
