नेकपाले जनतालाई धोका दिएको छ – नेता भण्डारी
कमल साह
जनकपुरधाम, माघ ३० गते । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व वन मंत्री शंकर भण्डारीले प्रतिनिधिसभा विघटन गरेर नेकपा ले जनतालाई धोका दिएको आरोप लगाएका छन ।
नेपाली कांग्रेस भातृ संगठन नेपाल तरुण दल केन्द्रिय समिति विभागले यहाँ वृहत्तर जनकपुर विकास क्षेत्र द्वारा संचालित यात्री निवासको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा पुर्व वन मन्त्री भण्डारीले आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जनताको जनादेश एवम् मतको अपमान गरेको थप्नु भयो ।
उहाँले वर्तमान सरकारले असवैधानिक कदम चालेर संसद विघटन गर्नु जनतासंग बेइमानी गरेको आरोप लगाउनु भयो । नेता भण्डारी ले देश, जनता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानका लागी प्रतिनिधिसभा प्राप्त गर्नु नै अपरिहार्य हो बताउँदै कांग्रेसको एजेण्डा संघीय लोकतान्त्रिक गणन्त्रात्मक व्यवस्था र यसको सुरक्षा नै रहेको जानकरी गाउनुभयोे ।
नेता भण्डारीले संघीय लोकतान्त्रिक गणन्त्रात्मक प्रणाली सहितको व्यवस्था र संविधानको रक्षाका लागी प्रतिनिधिसभा आवश्यक रहेकोले सर्वाेच्च अदालतको फैसला मान्नुपर्ने अवस्था नै उपयुक्त हुने विचार राख्नु भयो । उहाँले नेकपाका दाई शिर्ष नेताहरुले अहिले ठुला–ठुला नारा र भाषन गरेर जनतालाई भ्रमित गर्नमा लागेको आरोप लगाउनु भयो । नेपाल तरुण विभाग केन्द्रिय समितिको तेस्रो बैठक जनकपुरधाममा आज विहानदेखि सुरु भएको छ ।
प्रदेश दुईका संयोजक राम पल्टन साहको संयोजकत्व तथा नेपाली काँग्रेसका केस, पूर्व मन्त्री तथा तरूण बिभागका केन्द्रीय सभापति शंकर भण्डारीको सभापतित्वमा आयोजित बैठकको उद्घाटन प्रदेश २ का नेका संसदीय दलका नेता राम सरोज ले प्रमुख अतिथिको आसनबाट गर्न‘ु भयो । भोली प्रदेश २ को आठ वटै जिल्लाका प्रतिनिधिहरू ले आ–आफ्ना धारणा राख्ने संयोजका रामपल्टन साह ले बताउन’भयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
3 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
23 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
