काँग्रेस मधेश प्रदेशको प्रथम अधिवेशन तयारी पुरा
कमल साह
जनकपुरधाम , पुस ४ गते । मधेस प्रदेशको राजधानी तथा देवनगरी जनकपुरधाममा भोली शुक्रबारदेखि शुरु हुने नेपाली काँग्रेसको प्रथम मधेश अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । अधिवेशन पुस ५ र ६ गते हुनेछ । ५ गते उद्घाटन शत्र तथा ६ गते बन्द शत्र हुने मधेस प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले बताउनुभयो ।
काँग्रेसको मधेश प्रदेश कार्यालयमा जनकपुरधाममा आज पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रथम मधेश अधिवेशन सङ्घीयता तथा लोकतान्त्रिक गणतन्त्रका लागि महत्वपूर्ण हुने पार्टीका प्रदेश सभापति एवं मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले बताउनुभयो ।
उहाँले अधिवेशनको उद्घाटन पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने जानकारी गराउनु भयो ।त्यस्तै अधिवेशनमा पार्टीका उपसभापति द्वय पूर्ण बहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी हुनु हुने उहाँले बताउनु भयो ।
सो अधिवेशनमा ८ सय २५ जना प्रतिनिधि सहभागी हुने उहाँले जनकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
17 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
20 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
