नेपाली कांग्रेस पार्टीको मधेश प्रथम सम्मेलनले संघियतामा हिम्मत थप्ने सभापति यादव
निरंजन साह, धनुषा
जनकपुरधाम, पुस ५ गते । नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादवले विहिवार र शुक्रवार हुन गइरहेको पार्टीको प्रथम मधेश सम्मेलनले संघियतामा हिम्मत थप्ने बताएका छन् ।
मधेश सम्मेलनको पुर्वसन्ध्यामा पार्टी कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यो सम्मेलन पार्टीको मधेशमा उपस्थिती दर्शाउने देखि संघियता र गणतन्त्रलाई थप बल प्रदान गर्ने छ ।’
मधेश प्रदेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री समेत रहेका सभापति यादवले सम्मेलनमा पार्टी सभापति, दुवै उपसभापति, दुवै महामन्त्री सहित मन्त्री र शिर्षनेताहरुको सहभागिता रहने जनाएको छ ।
उनले कांग्रेसको नेतृत्व बिना देश मात्र नभई मधेश पनि अगाडि बढन नसक्ने स्थितीको सृजना भएकाले त्यस सम्बन्धमा समेत सम्मेलनले ठोस निश्कर्ष निकाल्ने बताए ।
कांग्रेस विधानले चल्ने पार्टी भएकाले कुनै कसैको लागि विधान मिच्दा अन्य धेरै असन्तुष्ट हुने भएकाले सम्मेलन सबैको भएकाले सक्रिय सहभागिताका लागि उनले सबैलाई आग्रह गरे ।
त्यसअघि पार्टी मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले बुधवारको बैठकमा भएको चारवटा निर्णयहरु बारे जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा पार्टी मधेशका उपसभापति तथा मधेश सरकारका मन्त्री विरेन्द्र सिंह, कोषाध्यक्ष प्रदिप यादव, नेता तथा पुर्व मन्त्री राम सरोज यादव , नेपाली कांग्रेस मधेस प्रदेश सूचना सचार प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ता सहितका नेताहरुको उपस्थिती थियो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
17 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
20 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
