+977 9854027065 | akulpdsah@gmail.com

नेपाली कांग्रेस पार्टीको मधेश प्रथम सम्मेलनले संघियतामा हिम्मत थप्ने सभापति यादव

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

630 Views

निरंजन साह, धनुषा
जनकपुरधाम, पुस ५ गते । नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादवले विहिवार र शुक्रवार हुन गइरहेको पार्टीको प्रथम मधेश सम्मेलनले संघियतामा हिम्मत थप्ने बताएका छन् ।
मधेश सम्मेलनको पुर्वसन्ध्यामा पार्टी कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यो सम्मेलन पार्टीको मधेशमा उपस्थिती दर्शाउने देखि संघियता र गणतन्त्रलाई थप बल प्रदान गर्ने छ ।’
मधेश प्रदेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री समेत रहेका सभापति यादवले सम्मेलनमा पार्टी सभापति, दुवै उपसभापति, दुवै महामन्त्री सहित मन्त्री र शिर्षनेताहरुको सहभागिता रहने जनाएको छ ।


उनले कांग्रेसको नेतृत्व बिना देश मात्र नभई मधेश पनि अगाडि बढन नसक्ने स्थितीको सृजना भएकाले त्यस सम्बन्धमा समेत सम्मेलनले ठोस निश्कर्ष निकाल्ने बताए ।
कांग्रेस विधानले चल्ने पार्टी भएकाले कुनै कसैको लागि विधान मिच्दा अन्य धेरै असन्तुष्ट हुने भएकाले सम्मेलन सबैको भएकाले सक्रिय सहभागिताका लागि उनले सबैलाई आग्रह गरे ।
त्यसअघि पार्टी मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले बुधवारको बैठकमा भएको चारवटा निर्णयहरु बारे जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा पार्टी मधेशका उपसभापति तथा मधेश सरकारका मन्त्री विरेन्द्र सिंह, कोषाध्यक्ष प्रदिप यादव, नेता तथा पुर्व मन्त्री राम सरोज यादव , नेपाली कांग्रेस मधेस प्रदेश सूचना सचार प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ता सहितका नेताहरुको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

4 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

24 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले