संविधान कुरुप छ, त्रुटिपूर्ण छ– उपेन्द्र यादव

कमल साह
जनकपुरधाम,पुस ८ गते । प्रेस मंच नेपालद्वारा आयोजित तीन दिवसीय प्रशिक्षण कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारको कार्यशैलीमा सुधार जरुरी छ । विकासको गति तीव्र हुनु जरुरी हो भन्नुभयो ।
उहाँले हामीले सरकारलाई ५३ बुंदामा सुझाव दिएका छौं भन्नुभयो ।
उहाँले भन्नुभयो,‘ब्यूरोक्रेसीमा अहिले पनि ७४% भागीदारी खस आर्यको छ । मात्र २% भागीदारी मधेशीको छ । बहु–भाषी नीति कार्यान्वयनमा छैन। मधेशी कोटा छ, तर खाली राख्छन । पछि खस आर्यले नियुक्ति पाउंछन । राजनीतिक नियुक्ति समावेशी हुंदैन ।’
उहाँले अगाडी भन्नुभयो,‘प्रदेश अधिकारबिहीन छ । न कर्मचारी छ, न पुलिस छ मात्र गाडी छ । मधेशमा दोहरो, तेहरो शासन छ । उल्टो प्रचार छ, प्रदेशको काम छैन ।’
राष्ट्रको ७९% बजेट केन्द्रसंग रहेको बताउँदै जसपाका अध्यक्ष यादवले प्रदेशसंग औसत २% मात्र रहेको बताउनु भयो ।
उहाँले मधेशबाट अहिले पनि ७०% राजस्व आमदनी जान्छ केन्द्रमा बताउँदै अगाडी भन्नुभयो मधेशको जनसंख्या ५४% छ विकास बजेटमात्र १३% रहेको दुःख दायी कुरा हो ।
उहाँले यसरी पाउने बजेटबाट मधेशको विकास गर्न त कयौं हजार बर्ष लाग्ने बताउनु भयो ।
संघीयता आयो तर, बाटो कठिन रहेको बताउँदै उहाँले गुलामीबाट मुक्ति पाउनु छ भने संघर्ष गर्नैपर्छ स्पष्ट रुपमा बिचार राख्नुभयो ।
उहाँले आपसमा एकतावद्ध हुंदा ठुल्ठुला ताकतले घुंडा टेकेको इतिहास रहेको बताउँदै अधिकारप्राप्तिको लडाई निरन्तर चलिराख्ने प्रकिया हो बिचार राख्नुभयो ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
28 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
28 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
1 महीना पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
1 महीना पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
1 महीना पहिले
संवाददाता
संवाददाता

